महाकुम्भ मेलाको आजको मौनी अमृत स्नान रद्ध

 
प्रयागराज,माघ १६ ।  भारतको प्रसिद्ध धाम प्रयागराजमा लागिरहेको महाकुम्भ मेलामा आज गर्ने भनिएको मौनी अमृत स्नान अखडा परिषद्ले रद्ध गरेको छ । मेलामा भएको भागदौडको घटना घटनाका कारण मौनी स्नान कार्यक्रम रद्ध गरिएको हो । मेलामा  आज राती १ देखि २ बजेको बिच तिर भागदौयड मच्चिएको थियो । भागदौडका कारण घाइते समेत भएका छन् । उनीहरुको त्यहाँ नै रहेको अस्पतालमा उपचार गरारहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । महाकुम्भ मेलामा आजको दिनलाई विशेष दिन मानिन्छ । आज माघे औशी परेको छ । यस दिन नै विशेषगरी कुम्भ मेलाको समय जुर्ने दिन हो मेला आउने अखडा समुदाय बाहेककाले श्रद्धालुहरुले  संगममा  स्नान भने  गर्न सक्नेछन् । अखडा परिषद्का अध्यक्ष रविन्द्र पुरीका अनुसार आगामी वषन्त पञ्चमीका दिन शाही स्नान गरिने छ । । हिजो मंगलाबार मात्रै ५ करोड भन्दा बढीले कुम्भ मेलामा स्नान गरेका बताइएको छ । महाकुम्भमा स्नान का लागि नेपाल लगायत विभिन्न देशहरुबाट वैदिक सनातनीहरु उलेख्य सख्यामा प्रयागराज पुगेका छन् । माघ १ गते पर्ने मकर स्रकान्ति देखि महाकुम्भमा मेला लागेको थियो । मेला शिवरात्री सम्म चल्नेछ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज राम भगवानको जन्मदिन (राम नवमी)

काठमाडौँ ,२४,चैत। चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान्  रामचन...