टोखा नगरपालिका नदी सरसफाई अभियान ३४ औँ हप्तामा

विश्वराज अर्याल
माघ,६,काठमाडौ । टोखा नगरपालिका नगरपालिकाको सरसफाई अभियान ३४ औँ हप्ताको सरसफाई क्षेत्र बुढानीलकण्ठ नगरपालिकाको सिमानामा रहेको विष्णुमती किनार रहेको थियो। सो सरसफाई कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, जनप्रतिनिधि, स्वास्थ्य कार्यालयका कर्मचारी वातावरण सरसफाई अभियानका अभियन्ताहरू, नगर प्रहरी लगायत विभिन्न संघसंस्थामा आबद्ध व्यक्तित्वहरूको सहभागिता थियो। प्राकृतिक सम्पदा नदीनाला पानीका मुहानहरू तथा बाटाहरू सरसफाई गर्न सकेको खण्डमा पर्यावरणमा समेत सकारात्मक शुद्धिकरण हुने अवस्था रहन्छ जनचेतनाको| कमीको कारणले गर्दा आफ्नो घर सफा राख्ने तर आफ्नै नजिकमा रहेका खोलानाला लाई सफा राख्नुपर्छ फोहोरलाई सही व्यवस्थापन गर्न सक्नुपर्छ। भन्ने जस्ता जनचेतनाका कार्यक्रमहरू को कमीले गर्दा हाम्रो समाजमा सरसफाई साक्षरता अभियानको पनि आवश्यकता भएको पाइन्छ | हामीले गरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ? सामूहिक हितका कार्यहरू समूहमा गर्न सके राम्रो म्यासेज दिने देखिन्छ | टोखा नगरपालिका नदी सरसफाई अभियान ३४ औँ हप्तामा आइपुग्दा सरसफाई अभियन्ताहरूले फोहोर कसरी व्यवस्थापन गर्ने ?नदी नजिकका बासिन्दाहरूलाई फोहोर सङ्कलन कार्ड बनाई फोहोरलाई व्यवस्थापन गर्ने सचेतना कार्यक्रम पनि अगाडि बढाइरहनु भएको छ। प्राकृतिक सम्पदालाई हामीले संरक्षण तथा सम्बर्धन गर्न सकेको खण्डमा भावी पुस्ताहरूले पनि यसलाई निरन्तरता दिने देखिन्छ | आफ्नो घर सफा राख्ने तर आफ्नो नजिकको बाटो तथा नदी फोहरा राखेमा त्यसको प्रत्यक्ष नकारात्मक असर हामीलाई नै पर्ने भएको हुनाले आफू र आफ्नो वरपरको पर्यावरणलाई स्वच्छ बनाउन सकेको खण्डमा टोखा नगरपालिका नदी सरसफाई अभियान निरन्तर चलिरहने सबै सबैले हातेमालो गरी टोखा नगरपालिकाको सकारात्मक सोचलाई बाँकी रहेका नगरपालिकाहरूले पनि सरसफाई अभियान चलाई एक नागरिक स्वच्छ वातावरण पनि स्वच्छ बनाउने अभियान सबैले गर्न सकियो भने यसले सकारात्मक सोचको विकास गराउँछ | विद्यालय पढ्दै सिक्दै गरेका बालबालिकाहरूलाई पनि सरसफाईको महत्व स्वास्थ्य तथा हाम्रो जनजीवनमा पार्ने प्रभावको बारेमा ज्ञान दिन सकेको खण्डमा अझै बढी प्रभावकारी हुने थियो कि? नागरिक सचेतना कार्यक्रम अन्तर्गत सरसफाई तथा स्वास्थ्य कार्यक्रम अगाडि बढाउन सकेको खण्डमा अझै प्रभावकारी हुन सक्ने थियो। यो सबै समयको लागि हितकारी बन्ने छ |
प्रतिकृया दिनुहोस