चितवनमहोत्सव २०८१ सुरु ःउद्योग मन्त्री भण्डारीले गरे उद्घाटन

चितवन, २६,पुष –चितवनमहोत्सव २०८१ हिजो विहिवारबाट सुरु भएको छ । उद्योग वाणिज्य संघ (उवासंघ)चितवनको आयोजनामानारायणगढस्थित नारायणी नदीकिनारमा१५ दिनसम्मचल्ने गरी महोत्सव सुरु भएको हो ।
१५ औं संस्सरणको महोत्सवको संघीय सरकारका उद्योग तथा वाणिज्य मन्त्रीदामोदर भण्डारीले उद्घाटन गरे ।राबोटिक प्रणालीबाट महोत्सवको उद्घाटन गर्दै मन्त्री भण्डारीले महोत्सवको सफलताको कामना गरे । महोत्सवले आर्थिक चलायमान गराउन सहयोग पु¥याउने बताउँदैमन्त्री भण्डारीले स्थानीयतथा स्वदेशीउत्पादनको प्रदर्शन र बिक्रीलाई महोत्सवमाप्राथमिकतादिनआग्रह गरे ।उनले स्वदेशीउत्पादनलाई बढाउनका सरकारलेनयाँ केहीगर्न खोजिरहेको बताए ।यसकाविविधविषयमा केन्द्रीत रहेर अहिले सरकारले छलफल गरिरहेको मन्त्री भण्डारीको भनाइ छ ।नीजिक्षेत्रलाई व्यावसायगर्न थप सहजबनाउन रविदेशीलगानीकर्तालाईआकर्षित गर्ने वातावरण तय गर्नतर्फ सरकारविशेष ध्यानदिएरलागिरहेको उनले बताए ।
बागमतीप्रदेश सरकारका वनतथावातावरण मन्त्री कृष्ण सिलवालले चितवनमहोत्सवमाचितवनकाउत्पादन छन् वा छैनन् भन्ने कुरा बढी महत्वपूर्ण हुने बताउँदै यसतर्फ सचेत हुनआयोजकलाई आग्रह गरे ।चितवनका स्थानीयको जीवनस्तर उकास्न र यहाँकोआर्थिक उन्नतीगर्न यस महोत्सवले भूमिका खेलोस् भन्ने कामनागर्दै मन्त्रीसिलवालले चितवनको महोत्सवको सफलताको शुभकामनाव्यक्त गरे ।
महोत्सवमूल समितिका संयोजकएवम्उवासंघ चितवनकाअध्यक्ष सुमन कुमार श्रेष्ठले उद्घाटनको सुरुमाबोल्दै महोत्सवकाविविधिविषयमाजानकारी गराएकाथिए ।
महोत्सवले चितवनको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत समग्र आर्थिक, सामाजिक र सांस्कृतिकविकासका साथसाथै व्यवसायको प्रवद्र्धनमा टेवापुर्याउनुका साथै चितवनको गरिमा र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरसम्मपुर्याउनेविश्वास लिइएको श्रेष्ठले बताए । आर्थिक मन्दीका कारण विक्षिप्त बनेको अर्थ क्षेत्रलाई यस वर्षको महोत्सवले थपउर्जा दिने अपेक्षा समेत राखिएको उनले उद्घाटन समारोहमाजानकारी गराए ।
‘चितवनको गौरव र गरिमामय प्रस्तुति’ को नारालिएर सुरु गर्न लागिएको महोत्सवमायसपटक पर्यटन प्रवद्र्धनलाई जोड दिइएको श्रेष्ठले बताए ।यस क्षेत्रकापर्यटकीयस्थलसम्मजान र आउनकालागि सफारीकाव्यवस्था, होमस्टेमाबसोबास गर्ने प्रबन्धमिलाइने, पर्यटकीय क्षेत्रको वृत्तचित्र प्रस्तुतगर्नेजस्ताकामहरु गरिनेश्रेष्ठले जानकारी गराए ।
अघिल्ला महोत्सवहरुमापोल्ट्री, माछा, डेरी, तोरी, मौरी, मह, केरालगायतउत्पादनलाई प्राथमिकतादिइएकामा यस वर्ष पर्यटनलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ ।सुस्ताएको अर्थतन्त्रलाई चलायमानबना

महोत्सव स्थलदेखि जिल्लाकाविभिन्नपर्यटकीय स्थलसम्मजानकालागि ‘पार्टी बस’ समेत सञ्चालनगर्न लागिएको छ । पार्टी बसमायात्रागर्दाबसभित्रै विभिन्न परिकार खानपाइनेछ । यस अवधिमा भ्रमणमा आउने आन्तरिक तथाबाह्यपर्यटकलाई पर्यटन व्यवसायीको समन्यवमा छुटको व्यवस्था समेत गरिने श्रेष्ठको भनाइ छ ।
महोत्सवमा स्थानीयउत्पादनलाई नै प्राथमिकतादिइएको अध्यक्षश्रेष्ठ बताउँछन् स्वदेशी र विदेशीउत्पादकतथाबिक्रेतासहितमहोत्सवमाअन्तर्राष्ट्रिय व्यावसायिक प्रतिष्ठानको सहभागिता रहको छ ।यस वर्ष चीनकाविभिन्न प्रतिष्ठानहरुको उत्पादनप्रदर्शनीमा राखिएको छ । महोत्सवमासात वटा विशेष स्टल, डोम कृषि परिसर, अटो परिसरका साथै निर्माण व्यवसायीको सहकार्यमानिर्माण एक्स्पो, घरेलु तथा सानाउद्योग, विभिन्नसंघसंस्थाका स्टल, रेष्टुरेन्ट परिसरसहितचार सय ३० वटा कक्ष रहेका छन् ।
महोत्सवमापाँचलाखदर्शकले अवलोकन गर्ने र रु ३० करोडभन्दा बढीको कारोबार हुने अनुमानगरिएको अध्यक्षश्रेष्ठले बताए।महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँतोकिएको छ।उद्घाटन अवधिभर निःशुल्कप्रवेशको व्यवस्थागरिएको थियो ।चितवनमहोत्सवप्रत्येक दुई वर्षमाआयोजनागरिँदै आइएको छ ।
उद्घाटन समारोहमाचितवनकापालिकामाप्रतिनिधित्वगर्ने जनप्रतिनिधि,प्रदेशमाप्रतिनिधित्वगर्ने जनप्रतिनिधि, चितवनकापूर्व सांसद, राजनैतिकदलकाजिल्ला नेताहरु, सामाजिक संघसंस्थाकाप्रतिनिधि र स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।
आजमहोत्सवको उद्घाटन अघि बिहान७ बजेबाट शोभायात्रानिकालिएको थियो । शोभायात्रामाविभिन्नजातजातीहरु आआफ्ना भेषभुषामा सजिएकाथिए । विभिन्न सामाजिक संघ संस्था,जाती निकट संघसंस्था, विद्यालय, सुरक्षानिकायसहितविभिन्न क्षेत्रको प्रतिनिधित्व रहेको थियो । घोडा, हात्ती, बाजागाजासहितनिकालिएको शोभायात्राकरिब २ किलोमिटरसम्मलामो बनेको थियो ।नारायणगढको मेनरोड, मिलन रोड र बजारमा र्यालीनिकालिएको थियो ।
प्रतिकृया दिनुहोस