यस्तो छ केहि दिनको मौसमी अवस्था


काठमाडौं १८,पुष । हाल
नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ ।


जल तथा मौसम विज्ञान विभागका अनुसार आज (बिहीबार) दिउँसो लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।त्यसैगरी आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारण तथा बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने छ ।
शुक्रबार बिहान तराई तथा काठमाडौं उपत्यकाका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।तराईमा  हुस्सु भोलि र पर्सि केही कम भए पनि आइतवारदेखि फेरि बढ्ने मौसमविद्को अनुमान छ ।







प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज राम भगवानको जन्मदिन (राम नवमी)

काठमाडौँ ,२४,चैत। चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान्  रामचन...