आज पुष १५(पन्ध्र) सोमबारे औंसी

देवघाटधाम,१५,पुष । आज पुष १५(पन्ध्र) को दिन , यस दिन वैदिक सनातनहरुले आफ्नो ठाउँ विशेष अनुसार यो पर्व मनाउने गर्दछन् । यो दिन यसपटक अर्का महान् दिन पुसे औसी पनि परेको छ । पुसे औसीं महत्वपुर्ण पर्व कै रुपमा लिइन्छ । यस दिन गोकर्ण , वेत्रावती ,देवघाट लगायतका धामहरुमा पितृहरुको आरधना गर्ने चलन रहेको छ । नवलपरासीको त्रीवेणी धाममा त यस औसीमा मेला नै लाग्ने गर्दछ । यस दिन पितृहरु सम्झनामा पितृ श्राद्ध ,दान ,तर्पण लगायतको अनुष्ठान पनि गर्ने गरिन्छ । यस दिन सोमवार पनि परेको छ । र्आंसीको दिन सोमवार पर्नुलाई सनातन सस्कृतिमा उत्तम संयोग मानिन्छ । यस दिन नबोलिकन स्नान गर्नुपर्ने मान्यता रहेको छ । यस दिन जलमा सबै तिर्थको जलको वास रहेको हुन्छ भन्ने सनातनीहरुको मान्यता रहेको छ । 

प्रतिकृया दिनुहोस