भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

,पुस १२,नयाँ दिल्ली भारतका पूर्वप्रधानमन्त्री तथा काङ्ग्रेस नेता मनमोहन सिंहको बिहीबार साँझ दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको छ । लामो समयदेखि स्वास्थ्य समस्या झेल्दै आएका सिंह ९२ वर्षका थिए । उनको निधनले भारतले एक असल नेता र अर्थशास्त्री गुमाएको छ । सिंहको स्वास्थ्य सन् २०२४ को सुरुदेखि नै गम्भीर रहेको थियो । जनवरी २०२४ मा छोरीको पुस्तक विमोचनमा उनको अन्तिम सार्वजनिक उपस्थिति देखिएको थियो ।
नेतृत्वको सुनौलो दशक
सिंह सन् २००४ देखि २०१४ सम्म काङ्ग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (युपिए) अन्तर्गत लगातार दुई कार्यकाल प्रधानमन्त्री बनेका थिए । उनी पिभी नरसिंहा राव सरकारमा अर्थमन्त्री रहँदा सन् १९९१ मा भारतलाई आर्थिक उदारीकरणको युगमा पुर्‍याउन मुख्य भूमिका खेलेका थिए ।


सिंहको नेतृत्वमा भारतले दशकौँसम्मको आणविक अलगावको अन्त्य गर्दै ऐतिहासिक भारत-अमेरिका असैन्य परमाणु सम्झौता गरेको थियो । तर, उनका कार्यकालहरू विवादरहित रहेनन् । भ्रष्टाचार र घोटालाका केही मुद्दाले उनको छविमा असर पुर्‍याएको भए पनि उनी इमानदार र समर्पित व्यक्तित्वको रूपमा स्मरणीय छन् ।


जन्म र अध्ययन

सिंहको जन्म सन् १९३२ को सेप्टेम्बर २६ मा विभाजित हुनुपूर्वको भारतको पञ्जाब प्रान्तको एउटा उजाड गाउँमा भएको थियो। त्यहाँ पानी र बिजुलीको अभाव थियो।
पञ्जाब विश्वविद्यालयमा पढेपछि उनी स्नातकोत्तर अध्ययनका लागि यूकेको क्याम्ब्रिज विश्वविद्यालय पुगे र पछि अक्सफर्डबाट डीफिल गरे।
। अर्थशास्त्रमा उनी विश्वभर प्रसिद्ध थिए ।क्याम्ब्रिजमा पढ्दै गर्दा पैसाको अभावले सताएको कुरा उनकी छोरी दमन सिंहले आफ्ना आमाबाबु बारेको एउटा पुस्तकमा लेखेकी छन्।
"उनको ट्युशन र आवास खर्च वार्षिक लगभग ६०० पाउन्ड स्टर्लिङ हुन आउँथ्यो। तर पञ्जाब विश्वविद्यालयको छात्रवृत्ति झण्डै १६० पाउन्डको मात्र थियो। बाँकी रकमका लागि उहाँ आफ्नो बुबामा भर पर्नुपर्थ्यो। मनमोहन एकदमै कम खर्च गर्दै जीउनका लागि सजग हुनुहुन्थ्यो। डाइनिङ्ग हलमा हुने सहुलियतको खानेकुरा तुलनात्मक रूपमा सस्तो हुन्थ्यो।"
दमन सिंहले आफ्नो बुबा घरायासी काममा असाध्यै कमजोर भन्दै "न अण्डा उमाल्छ आउँछ न त टेलिभिजन नै खोल्न" भनेकी छन्।
शिक्षक, कर्मचारी, गभर्नर, अर्थमन्त्री

सन् १९९१ मा सिंह अर्थमन्त्रीको रूपमा भारतको राजनीतिक वृत्तमा प्रस्टसँग देखा परे। त्यसबेला देश आर्थिक रूपमा ऋण तिर्न नसक्ने अवस्थामा पुग्न आँटेको थियो।
त्यस अप्रत्याशित नियुक्तिले एक प्राज्ञिक अनुहार र सरकारी कर्मचारी रूपमा बिताएको सफल करिअरलाई नयाँ उचाइ प्रदान गर्‍यो।
 





भारतका पूर्वप्रधानमन्त्री तथा काङ्ग्रेस नेता मनमोहन सिंहको बिहीबार साँझ दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको छ । लामो समयदेखि स्वास्थ्य समस्या झेल्दै आएका सिंह ९२ वर्षका थिए । उनको निधनले भारतले एक असल नेता र अर्थशास्त्री गुमाएको छ । सिंहको स्वास्थ्य सन् २०२४ को सुरुदेखि नै गम्भीर रहेको थियो । जनवरी २०२४ मा छोरीको पुस्तक विमोचनमा उनको अन्तिम सार्वजनिक उपस्थिति देखिएको थियो ।

प्रतिकृया दिनुहोस