अदु:ख नवमीको धार्मिक महत्व !

काठमाडौं । मिती  २०८१ साल भाद्र २७ गते विहिवार भाद्र शुक्लपक्ष अदु:ख नवमी तिथी वेलुका ६ /१० वजेसम्म त्यस उप्रान्त दशमी तिथी आरम्भ साथै यो दिन अदु:ख नवमी व्रत हो।

अदु:ख नवमी व्रत वैदिक सनातन हिन्दु धर्मावलम्वीहरूले मनाउने एउटा पर्व हो।यो प्रत्येक वर्षको भाद्र शुक्ल पक्षको नवमी नवमीलाई अदु:ख नवमी भनिन्छ।यस दिन विशेषत: नारीहरूले वैधव्यजन्य कष्ट निवारणको निम्ती माता पार्वतिको पूजा आराधना गर्नु पर्दछ।

यस व्रतको पालना गर्ने नरनारीहरूले दीर्घकालीन दाम्पत्य जिवन,सुख,सम्वृद्धि, सन्ततिमा आरोग्यता र सम्पत्ति प्राप्त हुनेछ।

प्रतिकृया दिनुहोस