कन्या गुरुकुलमा वार्षिकोउत्सव मनाउदै फनिर्चर तथा फर्निसिङ्ग व्यवसायीहरु

देवघाटधाम, ६ साउन । भरतपुर १ देवघाटधाम मा नै रहेको  श्री गार्गी कन्या गुरुकुलमा रहेका कन्याहरुलाई १ दिनको खाना खुवाउने कार्यक्रम सम्पन्न गरिएको छ । चितवनमा रहेको नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघले आफ्नो दशौ स्थापना दिवसको अवसरमा गुरुकुलमा  खाना सहयोग कार्यक्रम सम्पन्न गरेका हुन् ।

उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष राजेन्द्र ओली सो कार्यक्रमको प्रमुख अतिथिी हुनुहुन्थ्यो । कार्यक्रम उहाँले फर्निचर तथा फर्निसिङ्ग व्यवशायीहरुले यस्ता सहयोगको कार्य गरि सामाजिक उत्तरदाईत्व वहन गर्नु सरहनिय कार्य भएको बताउनु भयो । सो अवसरमा उहाँले  व्यवशायीहर आर्थिक तरलताको अवस्था रहने क्रम बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नु हुदै व्यापार व्यवशाय फस्टाउन सके देशको आर्थिक पाटो सबल हुने भनाई राख्नु भयो । नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघ चितवनका अध्यक्ष  कृण्ण प्रसाद अधिकारी अध्यक्षता भएको सो कार्यक्रममा, देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष गुरुकुलका सल्लाहाकार टंकनाथ पौडेल , चितवनका युवा व्यवशायी तथा धार्मिक अभियन्ता  श्याम पौडेल  , नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघ चितवनका महासचिव  ,रमेश बुर्लाकोटी

लगायतले बोल्नुभएको थियो । सो नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघका केन्द्रिय सदस्य पदम पौडेललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।  कार्यक्रमको  सहजीकरण गुरुकुलका महासचिव राम प्रसाद वस्तीले गर्नुभएको  थियो । कन्या गुरुकुलमा हाल ८५ जना  कन्याहरुले अध्यन गरिरहेका छन्  । गुरुकुलमा ६ कक्षा देखि १२  कक्षा सम्म सञ्चालन गरिएको छ । गुरुकुललाई खाना खुवाउने कार्यक्रम अघि नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघ चितवनले स्थापना दिवस कै अवसरमा  धार्मिक सहित १०१ विरुवा रोप्ने कार्यक्रम सम्पन्न् गरेका थिए । यस अघि पनि व्यवसायी महासंघ चितवन शाखाले विभिन्न सामाजिक सरोकारका क्षेत्रमा कार्यहरु गर्ने गरेको छ ।

प्रतिकृया दिनुहोस