चितवनको बागिश्वरीधाममा धुमधामले मनाइयो गुरुपुर्णिमा
देवघाटधाम, ६ साउन । भरतपुर १ देवघाट स्थित वागिश्वरीधाममा धुमधामले गुरुपुर्णिमा उत्सव मनाइएको छ । बागिश्वरीधामा रहेको श्री वागिश्वरी आध्यात्मिक परिषद् योगीनरहरीनाथ आश्रमले आफ्नो गुरु योगी नरहरिनाथलाई सम्झदै गुरुपुर्णिमा पर्व मनाएको हो । सो अवसरमा आश्रमबाट नै सञ्चालित गुरुकुलका बटुकहरु सहित आश्रम परिवारले रुदी ,हवन सहितको धार्मिक अनुष्ठान गरी आफ्नो राष्ट्रगुरुयोगी रहरीनाथलाई सम्झेका हुन् ।
सो अवसरमा आश्रमका प्रमुख संरक्षक योगी श्रृषनाथ योगी , संरक्षकद्धय , योगी निरन्जननाथ , शान्त प्रसाद पोखरेल, सल्लाहाकार टंकनाथ पौडेल, अध्यक्ष शैलेन्द्र पिया , उपाध्यक्षहरु पुर्ण बहादुर श्रेष्ठ , राम प्रसाद वस्ती ,महासचिव अशोक पोखरेल , सचिव नवराज ढकाल, गुरुकुलका प्रार्चाय नवराज ढकाल , कोषाध्यक्ष बद्री अधिकारी ,पूर्व कोषाध्यक्ष उमाशंकर अग्रवाल ,चितवनका साहित्यक तथा इतिहासविद्ध डिआर पोखरेल, गुरुकुल प्रार्चाय माधव पौडेल लगायतको उपिस्थती रहेको थियो ।
सो क्रममा योगी नरहरिनाथले समाज रुपान्तरणको अभियानमा ठूलो टेवा पुर्याउनु भएको भन्दै उहाँका अभियानहरुलाई अगाडी बढाउन सके गुरु कृपा प्राप्त हुने बताइएको छ । राष्ट्रगुरु योगी नरहरिनाथले गौ संरक्षण , विश्वको सबैभन्दा पुरानो भाषा संस्कृत शिक्षाको संरक्षण , योग र आयुर्वेदको महत्व उजागर गर्नुका साथै नेपालको इतिहासलाई जीवन्त राख्न ठुलो योगदान दिनुभएको सो क्रममा चर्चा समेत गरिएको छ ।
उहाँेले नेपालमा रहेका पुरातात्विक महत्वका जुन आझेलमा परेका स्थलहरु ती स्थलहरुमा कोटीहोम लगाउनु समेत भएको थियो । उहाँले ५ सय भन्दा बढि इतिहास , मानव वंशावली , ऐतिहासिक क्षेत्रहरु का साथै अध्यात्म सगँ सम्बिन्धत पुस्तकहरु प्रकाशन गर्नुभएको थियो । वि.स १९७१ जन्मनुभएको उहाँको २०५९ सालमा निधन भएको थियो ।

प्रतिकृया दिनुहोस