एक दिनमा AC कति घण्टासम्म चलाउने? नगर्नुस् यी गल्ति

काठमाडौं । गर्मीको पारा माथि उक्लिने क्रम जारी छ । पछिल्लो केही दिनयता राजधानी काठमाडौंमै तापक्रम ३३.५ डिग्रीभन्दा माथि मापन गरिएको छ ।

तराईमा तापक्रम वृद्धि हुने क्रम जारी छ । अहिले तराईका अधिकांश भूभागमा ४० डिग्री तापक्रमलाई सामान्य मान्न थालिएको छ ।

बढ्दो गर्मीसंगै घर, कार्यालय, होटल, रेष्टुराँ, स्कूल, कलेज, अस्पताल आदि स्थानमा गर्मीबाट बच्नका लागि विभिन्न उपायहरु गरिँदैछ ।

गर्मीबाट जोगिने एउटा सबैभन्दा सरल, तर तुलनात्मक रुपमा केही खर्चिलो उपाय हो एयर कन्डिसनर अर्थात एसी ।

अहिले ठूलो शहरका अधिकांश घरदेखि कार्यालयसम्म एसी अनिवार्य हुन थालेको छ । बढ्दो गर्मीसंगै एसीको प्रयोग पनि त्यति अनुमातमा बढ्दो छ । यद्यपि, लगातार लामो समयसम्म एसी प्रयोग गर्दा त्यसले नकारात्मक परिणाम ल्याउनेतर्फ सचेत हुन विशेषज्ञहरुले सुझाव दिएका छन् ।

त्यसो त एसी लगातार कति घण्टासम्म चलाउन सकिन्छ भनेर कुनै पनि कम्पनिले कुनै गाइडलाइन्स दिएका छैनन्, यद्यपि एउटा एसी लगातार १० घण्टासम्म चलाउन सकिने प्राविधिकहरुको भनँइ छ । तर, एसीलाई २४सै घण्टा चलाउनु भने हानिकारक हुनेछ ।

प्राविधिकहरु भन्छन्– ‘एसीलाई एउटा लिमिट भित्र चलाउनु पर्छ, ताकि यसको हार्डवेयरले चिसो पाइरहोस् र कुनै पनि पार्ट ओभरहीट नहोस् । यसबाहेक पनि विभिन्न उपायहरु अपनाएर एसीलाई सुरक्षित राख्न सकिन्छ ।

एसीलाई आगो आदिबाट बचाउनका लागि नियमित सर्भिस गराइरहनु पर्छ, ताकि कम्प्रेशरमा जमेको धूलो सफा हुन सकोस् । यसक्रममा एसीको आउटडोर फ्यान राम्ररी चल्न पाउँछ र एसी यूनिट भित्र रहेका तातोपनलाई बाहिर निकाल्न सकिन्छ ।

एसी यूनिट भित्र जडित फ्यानले यदि सही ढंगले काम गरिरहेको छ भने यूनिटको तातोपन बाहिर निस्कन सक्छ र कुनै पनि हार्डवेयर ओभरहीट हुने छैन । ओभरहीट भयो भने आगो लाग्न सक्छ ।

एसीको आउटडोर यूनिटलाई घरमा आफैंलेपनि सफा गर्न सकिन्छ । यसका लागि कुनै पनि यूट्युब भिडियोको सहयोग लिन सकिन्छ ।

स्प्लिट एसीमा गडबडी हुँदा प्रायः यसको डिस्प्लेमा एउटा इरर कोड देखिन्छ । यसबाट एसीमा खराबी आएको सहजै बुझ्न सकिन्छ । यदि एसीमा खराबी आएको निश्चित भयो भने प्राविधिकको सहयोगमा यसलाई ठिक पार्न सकिन्छ ।

प्रतिकृया दिनुहोस