छ महिनादेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई ‘स्वर्णविन्दु प्राशन’ थोपा

काठमाडौँ, भदौ ४ गते । बालबालिकाको रोग प्रतिरोध क्षमता विकासका लागि भन्दै सरकारले आयुर्वेदिक पद्धतिबाट तयार गरिएको ‘स्वर्णविन्दु प्राशन’ थोपा वितरण गर्ने कार्यक्रम अघि बढाएको छ ।
पहिलो चरणमा छ महिनादेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई यो थोपा खुवाइने भएको छ । त्यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशिका बनाएर स्वीकृतसमेत गरिसकेको छ ।
आयुर्वेद तथा वैकल्पिक सेवा विभागका निमित्त महानिर्देशक डा. श्यामबाबु यादवले पहिलो चरणमा २५ वटा स्वास्थ्य संस्थामार्फत ‘स्वर्णविन्दु प्राशन’ थोपा कार्यक्रम सुरु गर्न लागेको जानकारी दिनुभयो । कार्यक्रमका लागि विभागले स्वास्थ्य संस्थाहरूलाई अधिकतम पाँच लाख रुपियाँ र न्यूनतम तीन लाख रुपियाँका दरले बजेट उपलब्ध गराउँदै आएको छ ।
महानिर्देशक डा. यादवले ‘स्वर्णविन्दु प्राशन’ प्रत्येक महिना स्वास्थ्य संस्थामा आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा तोकिएबमोजिमको मात्रामा खुवाइने जानकारी गराउनुभयो । उहाँले कार्यक्रमबाट छ महिनादेखि पाँच वर्षसम्मका बालबालिका लाभान्वित हुने जानकारी दिँदै ज्वरो, अजीर्ण, झाडापखाला, आउँ, रुघाखोकी, सर्दीमर्की भएका बालबालिकालाई खुवाउन नमिल्ने बताउनुभयो । उहाँले ‘स्वर्णविन्दु प्राशन’ बाट बाल स्वास्थ्य संवर्धनका साथै मातृशिशु स्वास्थ्य संवर्धनका कार्यक्रमसमेत सञ्चालन गर्ने उद्देश्य रहेको बताउनुभयो ।
स्वर्णविन्दु प्राशन के हो ? यो किन खुवाईन्छ
स्वर्णबिन्दु प्राशन, जसलाई सूवर्ण प्राशन वा स्वर्ग प्राशन पनि भनिन्छ । यो एक परम्परागत आयुर्वेदिक औषधि हो । यसले बालबालिकाको समग्र स्वास्थ्य र प्रतिरक्षा (युमिनिटी) प्रणालीलाई सबल बनाउँछ । यसलाई स्वर्ण (सुनको) भस्मको साथमा ब्राह्मी घृत, मह मिलाएर खुवाईन्छ । बालबालिकाको वर्ष अनुसार २ देखि ५ थोपा खुवाईन्छ । ब्राह्मी भन्ने एउटा जडिबुटी हो, जसले बालबालिकाको मानसिक विकासमा सकारात्मक प्रभाव पार्छ ।

प्रतिकृया दिनुहोस