वृद्धवृद्धाको खानपानमा ध्यान दिऔं

  • वृद्धावस्थामा पाचन क्षमता कमजोर हुनु, दाँत नहुनु र चपाउन गाह्रो हुनु, स्वाद नआउनु र भोक कम हुने हुन्छ। वृद्ध मानिसमा यी समस्याहरू हुने अवस्थामा पौष्टिक खानेकुरा पर्याप्त नखानु वा नहुनुको प्रत्यक्ष असर पनि हो। वृद्धवृद्धाको हेरचाहका क्रममा  विशेष ध्यान दिनुपर्छ।शुद्ध पानी पर्याप्त  पिउने गर्नु पर्छ।
  •  कम क्यालोरी भएको, राम्रोसँग पाकेको, गिलो खानेकुरा थोरै मात्रामा धेरै पटक गरेर खानु पर्छ।
  •  धेरै खानाको सट्टा धेरै मात्रामा सूक्ष्म पोषकतत्त्व भएका पौष्टिक खानेकुरा खाने गर्नुपर्छ। 
  •  धेरै खाना थोरै पटक दिनुको साटो थोरै खाना धेरै पटक दिनु राम्रो हुन्छ।
  •  रेसा प्रचुर मात्रामा भएका खाना खासगरी हरियो सागपात धेरै दिनुपर्छ। यसले कब्जियत र कोलेस्टेरोल कम गर्न मद्दत गर्नुका साथै भिटामिन र खनिज पनि उपलब्ध गराउँछ।
  •  खानामा दूधजन्य वस्तु पनि समावेश गर्नुपर्छ। यो क्याल्सियमको राम्रो स्रोत हो। सुत्नुअघि दूध पियो भने निद्रा पर्न सजिलो हुन्छ।
  •  कम चिल्लो र कम चिनी भएका खानेकुरा खानुपर्छ र जीवनलाई क्रियाशील बनाई राख्नुपर्छ।
  •  घिउले मुटुको रोग बढाउने हुँदा वनस्पति तेलहरू खानु राम्रो हुन्छ।
  •  मानसिक समस्या हुन नदिन परिवारका सदस्यले बाआमासँग समय बिताउने गर्नुपर्छ।
  •  दैनिक रूपमा विभिन्न किसिमका फलफूल, तरकारी तथा हरिया सागपात खाने  गर्नुपर्छ। दैनिक रूपमा दूध र दूधबाट बनेका परिकार खानुपर्छ।
  •  थोरै—थोरै खाना धेरै पटक गरेर खानुपर्छ।
  •  तारेको, नुनिलो, गुलियो र मसला भएको खानेकुरा कम मात्रामा खानुपर्छ 
  •  शारीरिक रूपमा सक्रिय रहनु पर्छ। सामान्य रूपमा हिँडडुल गरिरहनु पर्छ

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...