शाकाहारी किन बन्ने ? यस्तो छ शास्त्रहरुको मत
भरतपुर ,८, चैत ।शाहाकारी जीवन का बारेमा विभिन्न मतहरु पाहिन्छ । हाम्रा शास्त्रहरुका मत अनुसार शाहाकारी जीवन बारे यस्तोउल्लेख गरिएको छ । पुत्रोमांसोपमं जानन् खादते योऽविचक्षण : ।
मांसं मोहसमायुक्त : पुरुष सोँऽधम : स्मृत :।। (महाभारत.अनु. ११४।११)
मांसं मोहसमायुक्त : पुरुष सोँऽधम : स्मृत :।। (महाभारत.अनु. ११४।११)
अर्थ: आफ्नो छोराको मासुमा र अन्य प्राणीको मासुमा केही फरक छैन, तथापी मोहवश माशु खान्छ भने त्यो मानिस नराधम हो।
स्वमांसं परमांसेन यो वर्धयितुमिच्छति।
नास्ति क्षुद्रतरस्तस्मात् स नृशंसतरो नर :।। (महाभारत अनु ११६।७)
अर्थ: अर्काको माशुले जो आफ्नो मासु बढाउन चाहन्छ , उभन्दा नीच अरु कोही छैन। उ निर्दयी हो।
मांसभक्षै सुरापानैर्मुर्खचाक्षरवर्जितै।
पशुभि : पुरुषाकारै भाराक्रान्तास्ति मेदिनी।। (चाणक्यनीति ५।२२)
अर्थ: माशु खाने, मदिरापान गर्ने अज्ञानीहरू मानिसका आकारमा रहेका पशुहरूका भारले पृथ्वी पिडितै छ।
अनुमन्ता विशसिता निहन्ता क्रय विक्रयी।
संस्कत्र्ता चोपहर्ता च खादकश्चेति घातका :।। (मनुस्मृति ५।५१)
अर्थ: मार्नलाई सल्लाह दिने, जीवलाई मारेर टुक्राटुक्रा पार्ने, जीवलाई मार्ने, मासु किन्ने, मासु बेच्ने, मासु पकाउने, मासु पस्किने र मासु खाने यी आठ किसिमका मानिसलाई पशुहत्याको दोस लाग्दछ।
यदि चेत् खादको न स्यान्न तदा घातको भवेत्।
घातक : खादकार्थाय तद्धतयति वै नर।। (महाभारत अनु. ११५।२९)
अर्थ: यदि कसैले पनि माशु नखाने हो भने पशुपंक्षीको हिंसा हुँदैनथ्यो। खानेहरूकै कारण क्रुर कर्म भइरहेको छ।
न भक्षयति यो मांसं विधिं हित्वा पिशाचवत्।
स लोके प्रियतां याति व्याधिभिश्च न पिड्यते।। (मनुस्मृति ५।५०)
अर्थ: जसले जुनसुकै प्रकारले पनि पिशाच जसरी मासु खाँदैन वा मासु खान छाड्छ, उ यो लोकमा पनि सबैको प्रिय बन्दछ र रोगहरूले पनि पीडित हुँदैन।
सर्वान् कामानवाप्नोति अश्वमेघफलं तथा।
गृहेऽपि निवसन्विद्धान्मुनि मांसविवर्जनात्।। (याज्ञवल्क्यस्मृति ७।१८०)
अर्थ: जो मासु खाँदैन, उ गृहस्थी भए पनि ज्ञानवान ऋषि हो, त्यस्ताको सम्पुर्ण कामनाको तृप्ति हुन्छ र उसलाई÷उनलाई अश्वमेघ यज्ञको फल प्राप्त हुन्छ।
निहतस्य पशोर्यज्ञे स्वर्गप्राप्तिर्यदीष्यते।
स्वपिता यजमानेन किन्नु तस्मान्न हन्यते।। (विष्णुपुराण, ३।१८।२७)
अर्थ: यदि यज्ञमा बलि दिएर प्राणीले स्वर्ग प्राप्त गर्ने भए यजमान आफ्नो बाउलाई हवन गरेर किन स्वर्गमा पठाउँदैनन् ?
न मांसमायुषो हेतु नारोग्यस्य न चौजस : (ब्रम्हपुराण १०७।६४)
अर्थ: मासु न आयु बढाउँछ न आरोग्यता दिन्छ, न यसले ओज बढाउँछ। अर्को अर्थमा भन्ने हो भने मासुबाट आयु, आरोग्य, शक्ति आदि केही प्राप्त हुँदैन।
प्रतिकृया दिनुहोस