रातमा पटकपटक निद्रा खुल्छ भने हुनुहोस् सावधान

एजेन्सी । कतिपय मानिसलाई रातमा राम्रोसँग निद्रा लाग्दैन । अझ पटकपटक निद्रा खुल्दा उनीहरु हैरान हुन्छन् ।

हालै गरिएको एक अध्ययनबाट थाहा भएको छ कि यसरी ३० को उमेरदेखि नै निद्रा खल्बलिँदा यसको सिधा असर पछि पर्छ । बुढो भएपछि यसले गम्भीर समस्या निम्त्याउन सक्छ ।

अध्ययनमा भनिएको छ, जो व्यक्तिलाई ३० देखि ४० वर्षको उमेरमा निद्राको समस्या हुन्छ, पछि गएर उनीहरुको दिमागमा असर पर्दछ । उनीहरुको स्मरण शक्ति पनि कमजोर हुँदै जान्छ ।

यो अध्ययन अमेरिकाका पाँच सय २६ व्यक्तिमा ११ वर्षसम्म गरिएको थियो । जसको आधारमा रिपोर्ट प्रकाशित गरियो ।

अध्ययनमा यो पनि पनि पत्ता लागेको देखियो कि जसको निद्रा रातमा पटक पटक खुल्दैन । उनीहरुको दिमागले ५० वर्षपछि पनि उत्तिकै राम्रो काम गर्छ र स्मरण शक्ति पनि बलियो नै हुन्छ ।

एउटा व्यक्तिले औसतमा लगभग ७ देखि ८ घण्टा निद्रा लिन जरुरी हुन्छ । तर, फरक-फरक व्यक्तिमा भने यो निद्राको प्याट्रन फरक हुन सक्छ ।

निद्रा पूरा नहुँदा हामीलाई कयौं प्रकारका अन्य समस्या पनि हुन सक्छन् । लामो समयसम्म निद्रामा कमी हुँदा यसले क्यान्सर, मधुमेह जस्ता रोगको खतरा पनि बढ्छ ।

यदि तपाईंले प्रर्याप्त निद्रा लिनुभएको छैन भने इम्यूनिटी कमजोर हुन सक्छ । सोच्ने तथा सम्झने क्षमता पनि कम हुन्छ र तौल बढ्दै जान्छ ।

पटक पटक निद्रा खुल्ने समस्या रोक्न के गर्ने ?
खराब जीवनशैली नै निद्रामा खलल पुर्‍याउने मुख्य कारण हो । आफ्नो जीवनशैलीलाई सुधार्नुहोस् । समयमा घरमा बनेको खाना खानुहोस् ।

खाना त्यस्तो खानुहोस् जसमा सबै खाले पोषक तत्व भएको होस् । आवश्यकता भन्दा धेरै नखानुहोस् र प्रर्याप्त मात्रामा शारीरिक गतिविधि पनि गर्नुहोस् ।

नियमित रुपमा कसरत गर्नुहोस् । हप्तामा कम्तीमा पाँच दिन आधा घण्टा व्यायाम गर्नुहोस् । तपाईं नृत्य, साइकिलिंग, स्विमिंग जस्ता कसरत पनि गर्न सक्नुहुन्छ ।

सुत्नुअघि फोन, टेलिभिजन जस्ता विद्युतीय उपकरणको प्रयोग नगर्नुहोस् । न त त्यस्तो सामग्रीलाई आफू सुत्ने बेडमा राख्नुहोस् ।

प्रतिकृया दिनुहोस