के हो ग्यास्ट्रिक, कसरी बच्ने ?
काठमाडाैं,१२ मंसिर । ग्यास्ट्रिकलाई नेपालमा 'राष्ट्रिय रोग' संज्ञा दिइएको छ। यसको अर्थ हो, हरेक नेपालीमा यो रोग छ।
खासमा, ४० वर्षभन्दा बढी उमेरका मानिसलाई मात्र यो रोग लाग्नुपर्ने हो। तर, अहिले सबै उमेरमा यसको समस्या देखिने गरेको छ। त्यसैले त हो, यसलाई 'राष्ट्रिय रोग' संज्ञा दिइएको।
वाकवाकी लाग्ने, पेट पोल्ने, पेट फुल्ने, तन्केको महशुस हुने र खाना खाइसकेपछि अमिलो डकार आउने, छातीमा दुखाइ र कहिलेकाहीं फुलेको महशुस हुन्छ।

तर, सबै पेट दुखाइको कारक ग्यास्ट्रिक हुँदैन। खानाको सन्तुलन नमिल्दा पनि पेट दुख्छ।
पेटमा एसिड हुन्छ, जसले पाचन प्रणालिमा सहयोग पुर्याउँछ। पेटमा एसिडिटीको मात्रा बढी हुँदा ग्यास्ट्रिकको समस्या आउने हो। त्यसका कारण पेट र सानो आन्द्रामा घाउ हुन्छ, जसका कारण अल्सर पनि हुने गर्छ।
बजारमा पाइने चक्की या तरल औषधिले एसिड नियन्त्रण गर्छन्। र, केही समय आराम महशुस हुन्छ।
जंकफुडको अधिक प्रयोग
अहिले चाउचाउ र दालमोठलाई नियमित खाजाका रूपमा लिइन्छ। अधिक मात्रामा यस्ता जंकफुड प्रयोग गर्नाले ग्यास्ट्रिक र अल्सर हुने सम्भावना बढी हुन्छ।
अहिले चाउचाउ र दालमोठलाई नियमित खाजाका रूपमा लिइन्छ। अधिक मात्रामा यस्ता जंकफुड प्रयोग गर्नाले ग्यास्ट्रिक र अल्सर हुने सम्भावना बढी हुन्छ।
ग्यास्ट्रिकको लक्षण देखा पर्नासाथ खानेकुरा उसिनेर मात्र खाने, पिरो र चिल्लो खाँदै नखाने तथा मुख बार्दा मात्र ग्यास्ट्रिकको उपचार हुन सक्दैन। के खाने र कसरी खानपानको समय मिलाउने भन्ने ठूलो कुरा हो।
चिकित्सकीय भाषामा ग्यास्ट्रिकलाई 'एसिड पेप्टिक डिसअर्डर' भनिन्छ। पेट दुख्ने वा हल्का असहज महशुस भएलगत्तै ग्यास्ट्रिक भयो भन्दै अस्पतालतिर दौडिन आवश्यक छैन। पेटसँग सम्बन्धित हरेक रोग ग्यास्ट्रिक हुँदैनन्।
चिन्ता, तनाव, थकान, सुस्त र कमजोरीको कारक ग्यास्ट्रिक हुन सक्छ। यस्तो अवस्थालाई आईबीएस 'इरिटेबल बावल सिन्ड्रोम' भनिन्छ, जुन प्रायः मानिसमा देखिन्छ।
ग्यास्ट्रिक र आईबीएस अलग-अलग रोग हुन्। दुवैको लक्षण उस्तै हुने कारणले भिन्नता छुट्याउन सकिँदैन। कहिलेकाहीं आईबीएस हुँदा पनि ग्यास्ट्रिक भएको अनुमान गरिन्छ। र, बिनाजाँचबुझ रोग नै पत्ता नलगाई आईबीएस भएमा पनि ग्यास्ट्रिककै औषधि खाने चलन पनि छ।
लामो समयदेखि ग्यास्ट्रिकको औषधि प्रयोग गरिरहेका व्यक्तिलाई आईबीएस भएको हुनसक्छ। यी दुवैको उपचार पद्धति फरक छ।
भोकै बस्ने, दूध चिया धेरै खाने र अमिलो पिरो खाएर दिन बिताउनेहरू प्रायः ग्यास्ट्रिकको शिकार बन्छन्। सही खानपानबाट मात्र ग्यास्ट्रिक र अल्सरबाट बच्न सकिन्छ।
पेट खाली नराख्ने र ३-४ घण्टाको फरकमा केही न केही खाइरहनुपर्छ। यसो गर्दा पेट फुल्ने, दुख्ने र तन्किने समस्याहरूबाट छुटकारा पाउन सकिन्छ।
नियमित व्यायाम, सफा र हाइजेनिक खानपानमार्फत् यसबाट बच्न सकिन्छ। समस्या देखिए चिकित्सकको परामर्शमा औषधि सेवन गरेर पनि पार पाउन सकिन्छ।
ग्यास्ट्रिक र अल्सरका कारणहरू
- धुम्रपान, खैनी, सुर्तिजन्य पदार्थ उच्च मात्रामा प्रयोग गर्नु
- पेन किलर तथा बाथ रोगसँग सम्बन्धित औषधिहरू धेरै सेवन गर्नु
- चटपटे, पानीपुरी, पिरो चाउचाउ र अजिनोमोटो हालिएका खानाहरूको अधिक प्रयोग
- धुम्रपान, खैनी, सुर्तिजन्य पदार्थ उच्च मात्रामा प्रयोग गर्नु
- पेन किलर तथा बाथ रोगसँग सम्बन्धित औषधिहरू धेरै सेवन गर्नु
- चटपटे, पानीपुरी, पिरो चाउचाउ र अजिनोमोटो हालिएका खानाहरूको अधिक प्रयोग
के खाने ?
गिलो दालभात, प्रशस्त पानी, हरियो सागपात, पोषिला खानेकुरा, स्वच्छ र सफा पानी धेरै मात्रामा खाने।
गिलो दालभात, प्रशस्त पानी, हरियो सागपात, पोषिला खानेकुरा, स्वच्छ र सफा पानी धेरै मात्रामा खाने।
के नखाने ?
रातो मासु, सुख्खा खानेकुरा, पिरो र अमिलो अचार, खुर्सानी, अमिलो दही, प्रशस्त तेलमा तारेको माछा र मासु, पकौडा, समोसा, चाउमिन, मःम, मालपुवा, कफी, चकलेट, चना, केराउ, अमिलो कागती, फलफूल, दूध चिया र चिसो पेय पदार्थ कोक, फ्यान्टा, पेप्सीबाट टाढै रहने।

प्रतिकृया दिनुहोस