मधुमेह के हो ? के-के खान मिल्छ?

काठमाडौँ,१५ असोज । मधुमेह अर्थात डाइबेटिसलाई सामान्यभाषामा चिनिको रोग भन्ने गरिन्छ । रगतमा ग्लुकोजको  मात्रा बढि भएपछि हुने रोग नै मधुमेह हो । प्यांक्रियाज नामक ग्रन्थिबाट  उत्पादन हुन् ।  

इन्सुलिनले चिनि अर्थात कार्बोहाइड्रेटलाई पचाउने काम गर्छ र रगतमा यसको मात्रा सन्तुलित र नियमित गर्ने गर्छ । तर जब इन्सुलिनको उत्पादन हुन छाड्छ रगतमा चिनिको मात्रा बढ्न थाल्छ । प्यांक्रियाजले प्रयाप्त इन्सुलिन उत्पादन नगर्दा वा सरिरले इन्सुलिनको उपयोग गर्न नसक्दा मधुमेह हुनजान्छ ।

रगत विना रक्तसंचार प्रणालीको कल्पना गर्न सकिदैन । पानी , रक्तकोष , विभिन्न लवण तथा रसायनहरुको समिश्रणबाट बनेको रगतमा तत् तत् पदार्थहरु निश्चित अनुपातमा रहेका हुन्छन् । यदि रगतमा भएका कुनै पनि पदार्थको मात्रा अर्थात गुणमा परिवर्तन भयो भने समग्र रक्तसंचार प्रणाली र सरिरको आन्तरिक कार्यसंचालनमा बाधा पुग्छ जान्छ ।

विशेषज्ञका अनुसार मधुमेह नियन्त्रण भन्दा बाहिर जाँदा मुटु, मिर्गौला, आँखाको रोशनीको क्षति पुग्छ। त्यसैले मधुमेहका बिरामीले सुगरको मात्रा लेवलमा राख्नुपर्छ। 

मधुमेहका बिरामीले सिमिको तरकारी खान सक्छन्। यसमा प्रयाप्त मात्रामा आइरन, क्याल्शियम, पोटाशियम, भिटामिन ए, फोलेट र म्याग्निशियम पाइन्छ। मधुमेहका बिरामीको लागि यो निकै लाभदायक हुन्छ। यसको सेवनले ब्लड सुगर नियन्त्रित हुन्छ।

यस्तै ओखर, बदाम, काजु जस्ता खाने कुरा पनि मधुमेहका बिरामीका लागि निकै लाभदायक हुन्छन्। यस्ता खानेकुरामा भिटामिन, मिनरल्स, क्याल्शियम जस्ता तत्व भरपुर मात्रामा पाइन्छ। र, ब्लड सुगरको लेवल पनि नियन्त्रित हुन्छ।
करेला पनि सुगरका बिरामीका लागि सुपरफुड मानिन्छ। धेरै मानिसले करेलाको तरकारी खान मन पराउँदैनन्। तर, मधुमेहका बिरामीका लागि यो अमृत समान हुन्छ। मधुमेहका बिरामीले करेलाको जुस अनिवार्य रुपमा पिउनुपर्छ। जसले गर्दा ब्लड सुगर नियन्त्रण गर्न टेवा पुग्छ।

मधुमेहका बिरामीले अन्डा, माछा, मासु, दाल र पनिर जस्ता हाई प्रोटिन युक्त खानेकुरा खान सक्छन्। यस्ता खानेकुराले ब्लड सुगरको लेवललाई नियन्त्रित गर्छन्। मधुमेहका बिरामीले राजमा, सेतो मुङको ताल पनि खान सक्छन्।
अमला खानु पनि स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ। झनै मधुमेहका बिरामीका लागि त यो अमृत समान नै हो। यसले ब्लड सुगरको मात्रा नियन्त्रणमा राख्छ।

प्रतिकृया दिनुहोस