३० वर्ष कटेपछि महिलाले यी पाँच कारणले लिनु पर्छ कोलाजन

काठमाडौं,१० असोज । कोलाजन शरीरमा पाइने एउटा प्रोटीन हो । हाम्रो शरीरको छालालाई स्वस्थ्य राख्नका लागि कोलाजन अति आवश्यक हुन्छ ।

यो शरीरको विभिन्न भागमा जस्तै टेन्डन्स, फ्याट, ज्वाइन्ट र लिगामेन्ट्स आदिमा पाइन्छ ।

कोलाजन हाम्रो छाला, नंग, कपालको स्वास्थ्यलाई मेन्टेन राख्न सहयोगि हुन्छ । यद्यपि, हाम्रो शरीरले प्राकृतिक रुपमा नै कोलाजनको निर्माण गर्छ । तर उमेर बढ्नुका साथै कोलाजनको उत्पादन कम हुन थाल्छ ।

यस्तो विशेष रुपमा ३० वर्षको उमेरपछि प्रारम्भ हुन्छ । यहि कारणले शरीरमा विभिन्न किसिमको समस्याको सामना गर्नु पर्छ ।
३० वर्षको उमेरपछि कोलाजन किन आवश्यक ?

छालाको स्वस्थ विकासका लागि
कोलाजन छालालाई इलास्टिसिटी र हाइड्रेशनलाई मन्टेन राख्नका लागि जिम्मेवार हुन्छ । जब शरीरमा कोलाजनको उत्पादन कम हुन थाल्छ, तब अनुहारमा सुक्ष्म रेखा, चाउरीपना तथा छाला झोलिन थाल्छ । आफ्नो डेली डाइटमा कोलाजन समावेश गरेर छालाको ध्यान राख्न सकिन्छ र उमेर बढेसंगै छालामा देखिने संकेतलाई कम गर्न सकिन्छ ।

बलियो कपाल र नङका लागि
कोलाजन कपाल र नङका लागि अत्यन्त महत्वपूर्ण हुन्छ । शरीरमा कोलाजनको स्तर कम हुनाले नङ सजिलै टुक्रन थाल्छ र कपाल पनि अत्यधिक कमजोर हुन्छ । कोलाजनको सेवन गर्नाले कपाल र नङ स्वास्थ्य रहन्छ ।

जोर्नीको स्वास्थ
कोलाजन, कार्टिलेजको एउटा महत्वपूर्ण भाग मानिन्छ । यसले हाम्रो जोर्नीको रक्षा गर्ने काम गर्छ । उमेर बढ्नुको साथै कार्टिलेजमा बाधाहरु आउन थाल्छ । यस्तो स्थितिमा कोलाजनले अत्यधिक आवश्यक भूमिका निर्वाह गर्छ ।

हड्डीको स्वास्थ्य सुधारका लागि
हाम्रो हड्डीमा पनि कोलाजन पाइन्छ । यसबाट हड्डीको ढाँचा प्राप्त गर्नुको साथै तागत पनि प्राप्त गर्छ । ३० वर्षको उमेरपछि बोन डेन्सिटी विस्तारै कम हुन थाल्छ । यस्तो स्थितिमा कोलेजनको सहयोगले बोन डेन्सिटीको विकास गर्न सकिन्छ ।

पेटका लागि आवश्यक
कोलाजनमा अमीनो एसिड हुन्छ, जुन पेटका लागि अत्यन्त फाइदाजनक हुन्छ । जसै हाम्रो उमेर बढ्छ, पेटको स्वास्थ्यमा गिरावट आउन थाल्छ, जसले पाचन सम्बन्धि समस्या हुन्छ ।कोलाजन लिनाले हाम्रो आन्द्रा स्वस्थ्य रहन्छ र पाचन पनि सही तरिकाले हुन्छ ।

प्रतिकृया दिनुहोस