आँखा पाक्ने रोग फैलिएपछि भरतपुर आँखा अस्पतालमा बिरामीको भीड
नारायणगढ,२१ साउन । मौसममा आएको परिवर्तनसँगै ‘एडिनो भाइरस कन्जङ्गटिवाइटिस’ का कारण जिल्लामा आँखा पाक्ने समस्याको प्रकोप बढेपछि भरतपुर आँखा अस्पतालमा बिरामीहरुको भीड बढेको छ । अस्पतालमा बिरामीहरु बिहानैदेखि उपचार गराउन आएपछि भीड हुन थालेको हो ।
अस्पतालका बरिष्ठ प्रशासक दयाशंकर चौधरीका अनुसार अन्य समयभन्दा यो समयमा अस्पतालमा बिरामीको चाप पचास प्रतिशतले बढेको छ । बिरामीमध्ये आँखा पाकेर उपचार गराउन आउनेको संख्या ७० प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “बिरामीको चाप बढेपछि अस्पतालमा भीड लागेको छ ।” उहाँले विगतका दिनहरुमा दैनिक आठ नौसय बिरामी आउने गरेको भन्दै आइतबारको बिहानैदेखि बिरामीको चाप हेर्दा यो संख्या दोब्बर हुन सक्ने बताउनुभयो । उहाँले अस्पतालले सबैलाई सहज तरिकाले उपचार र परामर्श दिएको जानकारी दिनुभयो ।
अस्पतालका आँखा रोग विशेषज्ञ डा. कुमुदिनी सुवेदीले आँखा पाक्ने रोग फैलिन नलिन व्यक्तिगत सरसफाई र सामाजिक दुरी अपनाउनुपर्ने बताउनुभयो ।
उहाँले यो रोग एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने हुँदा रोग लागेको बिरामीको सम्पर्कमा जान नहुने जानकारी दिनुभयो । उहाँले विशेषत वर्षा मौसम र मौसम परिवर्तनको समयमा यस्ता भाइरसजन्य रोगले सताउने भन्दै रोगबाट बच्नु नै उत्तम उपाय भएको बताउनुभयो ।
उहाँले भन्नुभयो “यो भाईरल इन्फेक्सन हो त्यसैले यसको लक्षणको आधारमा उपचार गर्ने हो । चिसोले सेक्ने, आशुजन्य औषधि राख्ने हो ।” उहाँले आँखा पाकेमा जथाभावी एन्टीबायोटिक औषधिहरु प्रयोग नर्गन समेत सुझव दिनुभएको छ ।
डा सुवेदीले आँखा पाक्ने रोग लागेमा मेडिकलबाट जथाभावी औषधि खरिद गरेर प्रयोग नगर्न सुझाव दिंदै चिकित्सकको परामर्शपछि मात्रै औषधिको प्रयोग गर्नुपर्ने बताउनुभयो ।
चितवनसहितका देशैभरी यो समयमा आँखा पाक्ने रोग निकै बढेर गएको छ । जिल्लाका कतिपय पालिकामा यसको प्रकोप बढेपछि शिक्षण संस्था समेत बन्द गरिएको छ । – रासस

प्रतिकृया दिनुहोस