गर्भमै बच्चाले दिशा गर्नुको कारण
एजेन्सी । बच्चालाई गर्भमा नौ महिना राखेर जन्म दिनु सानो कुरा होइन । यसमा कैयौं उतारचढाव आउन सक्छन् । यसरी नै एउटा समस्या हुन्छ बच्चाले आमाको पेटभित्रै दिशा गर्नु । यही कारणले बच्चाको ज्यान समेत जान सक्छ । साथै आमालाई पनि जोखिम हुन्छ । यस्तो किन हुन्छ त ?
एक अध्ययनअनुसार १२ देखि २० प्रतिशत बच्चाले गर्भाशयमै मल त्याग गर्ने बताइएको छ । जब बच्चाको जन्मिने समय बित्दै जान्छ त्यसपछि यो क्रम बढ्न थाल्छ । समयअघि जन्मेका बच्चामा कमै मात्रामा यो समस्या हुन्छ ।
खासगरी, गर्भको बच्चाले नालको माध्यमबाट आवश्यक पोषक तत्व लिने गर्छन् । खराब तत्व पिसाबको माध्यमबाट उनीहरुको शरीरबाट बाहिर निस्कन्छ । तर बच्चाले कहिलेकाँही जन्मनु अघि नै आमाको पेटमै दिशा गरेमा गम्भीर चिन्ताको विषय बन्न जान्छ ।
जब यस्तो फोहोर स्वासको माध्यमबाट बच्चाको शरीरभित्र जान्छ यसले निमोनिया, फोक्सोमा समस्या, स्वास लिन समस्या देखिन्छ । बच्चाले जन्म लिएपछि गर्ने पहिलो दिशा एकदमै गाढा कालो वा हरियो हुने गर्छ । अधिकांश बच्चाले जन्मेको पहिलो दिनमै यस्तो दिशा बाहिर निकाल्ने गर्छन् ।
गर्भमा दिशा किन गर्छन् ?
- अप्रयाप्त रगत तथा अक्सीजन लेवल
- प्लेसेन्टा वा गर्भनालसँग जोडिएको समस्या
- जन्म लिने मिति पछाडि सर्नु
- उच्च रक्तचाप, मधुमेह वा अन्य स्वास्थ्य समस्या
- गर्भावस्थाको क्रममा धुमपान गर्नु
- खराब इन्टरायूट्रिन ग्रोथ
त्यसो त यो दिशाले तुरुन्तै एकदमै ठूलो असर गर्दैन । तर बच्चाले पेटमा वा जन्मने बेलामा जोड जोडले स्वास फेर्ने वा स्वास फुल्ने भयो भने यो पेटभित्र जान सक्छ । जसले गर्दा बच्चाको शरीरमा समस्या उत्पन्न हुन सक्छ ।
यस्तो स्थितिमा निमोनिया वा स्वासप्रस्वासमा गम्भीर समस्या पनि उत्पन्न हुन सक्छ । यस्तोमा डाक्टरहरुलाई मेकोनियम एस्पिरेशन सिन्ड्रोमका लक्षण चिन्नका लागि प्रशिक्षण दिइन्छ ।
मेकोनियम एस्पिरेशन सिन्ड्रोमको उपचार
गर्भमा दिशा गर्नासाथ सधैं उपचारको आवश्यकता पर्दैन, खासगरी बच्चाको क्रियाकलापमा कुनै परिवर्तन देखिँदैन भने । यदि कुनै नवजात शिशुमा मेकोनियम एस्पिरेशन सिन्ड्रोम छ भने डाक्टरले दुषित तरल पदार्थ निकाल्नका लागि तुरुन्तै मुख र नाकबाट सक्सन गर्छन् । जो बच्चा स्वास फेर्न असमर्थ, मुटुसम्बन्धी समस्याका साथ जन्मिन्छन् उनीहरुलाई त्यतिबेलासम्म सक्सन गरिन्छ जतिबेलासम्म उनीहरु ठिक हुँदैनन् ।
प्रतिकृया दिनुहोस