ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको धरानको बुढा सुब्बा मन्दिर

सुनसरी,३ फागुन । धरानको बुढा सुब्बा मन्दिर पर्यटकीय तथा धार्मिक महत्त्व रहेको र टुप्पो बिनाको बाँस पाईने मन्दिर एक ऐेतिहासिक मन्दिर हो ।

मन्दिरको अर्को विशेषता भनेको यहाँ टुप्पो नभएका बाँसहरू पाइन्छन् । टुप्पा नभएका बाँसलाले बूढासुब्बाले गुलेलीले मट्याङ्ग्रा हानेर टुप्पा भाचिदिएको भन्ने मान्यता राखिन्छ । धरान बिजयपुरको बूढासुब्बा स्थान किराती तथा गैरकिरातीहरूका लागि महत्त्वपूर्ण मन्दिर मानिन्छ। बूढासुब्बा मन्दिरभित्र दुईवटा माटाका ढिस्काहरु छन् जसलाई बूढासुब्बाको रूपमा पूजा आजा गर्ने चलन छ। त्यी ढिस्का नै बुढासुब्बाको समाधीस्थल हो।

यो मन्दिरको उत्पत्तिका बारेमा विभिन्न किम्बदन्तिहरु सुन्न पाइन्छ । बुढा सुब्बा र उनकी बहिनी सुब्बिनी पहाडमा गुलेली र मट्यांग्राले सिकार खल्ने गर्थे । एकदिन भूलवश उनीहरूले कागलाई गुलेली ताक्दा बाँसको टुप्पोलाई मट्यांग्राले लाग्यो ।

त्यस दिनदेखि बाँसको टुप्पो बढेन र त्यसपछि विजयपुरमा कहिल्यै काग आएनन् । त्यसका कारण बुढासुब्बाले सिकार खेल्न छोडे र आफ्नो गुलेलीलाई माटोमा पुरिदिए । त्यसपछि बुढा सुब्बाले त्यहीँ ध्यान गरे । जहाँ अहिले बुढा सुब्बाको मन्दिर छ । उनकी बहिनी सुब्बिनीको मन्दिर छेउ मै बनाइएको छ ।

बुढा सुब्बालाई हिन्दुहरुले किराँतेश्वरको रूपमा पनि पुज्ने गरेका छन्। मन्दिर आसपासमा भएका बाँसमा पहिला–पहिला नाम लेख्ने चलन थियो । बाँसमा नाम लेख्दा प्रेमी प्रेमिकाको माया प्रेम सफल हुन्छ भन्ने किम्बदन्ति रहेकाले मन्दिरमा दर्शन गर्न आउने युवायुवतीले बाँसमा नाम लेखेर मात्र फर्कन्थे ।

तर, बाँसमा नाम लेख्ने क्रम बढेसँगै बाँस मर्न थालेपछि बाँसलाई संक्षरण गर्न नाम लेख्न मन्दिर समितिले रोक लगाएको छ । अहिले बुढा सुब्बा मन्दिरमा पुजा गरी बाँसमा धागो बाँध्रने चलन छ । यसरी धागो बाध्दा प्रेमी प्रेमिकाहरूको प्रेम सफल हुन्छ भन्ने चलन छ ।

यस मन्दिरमा भाले कुखुराको मात्र बलि चल्छ भने बुढा सुब्बा मन्दिरसँगै रहेको उनकी बहिनी सुब्बिनीको मन्दिरमा भने पोथी कुखुराको मात्र बली चल्ने गरेको छ । भाकाल पूरा होस् भनी पंक्षी लिएर कैयन भक्तजनहरु आउने गरेका छन् ।

 

बूढासुब्बा मन्दिरमा प्रत्येक शनिवारका दिन ठूलो भिडभाड हुने गर्दछ। उक्त दिन बूढासुब्बालाई कुखुराका भाले र सुँगुरको बलि दिने गरिन्छ। नेपालका विभिन्न स्थानमा बसोबास गर्ने जाति जनजति आफ्नो मनोकामना सिद्धिका लागि भाकल गर्ने र सो प्राप्त भएमा पशुबलि चढाउने प्रथा रहिआएको पाइन्छ।

प्रतिकृया दिनुहोस