देवघाटमा रहेको रामजानकी वालिका आश्रमको साधरणसभा सम्पन्न
भरतपुर १८ ,देबघाट ।अभिभावक गुमाएका असहाय बालिकाहरुलाइ सरक्षण गर्दै आएको देबघाटमा रहेको रामजानकी बालिका आश्रमले बुधबार ११ औ साधारणसभा मनाएको छ । लोक कल्याण सेवा प्रतिस्ठान द्वारा संचालित सो बालिका आश्रमको ११ औ साधारणसभालाई देबघाटमा सम्बोधन गर्दै भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले लैङगिक बिभेदका कारण बालिकामा हुँदै आएको बिभेदको अन्त्य हुनु पर्ने बताउनु भएको छ । समाजमा ब्याप्त रहेको लैङगिक बिभेदको अन्त्य नभए सम्म बालिकालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन नसकिने पनि उप प्रमुखले बताउनु भयो । उहाँले लैङगिक बिभेदकै कारण पारिवारिक यातना, घरेलुु हिसा, उपयुुक्त शिक्षाको अभाव, सामाजिक दृष्टिकोण, दाइजो प्रथा लगाएतका कु सस्कारले गर्दा बालिकाहरुले जीवनभर यातना र दुख झेल्नुपर्ने समस्या यथावत रहेको पनि बताउनु भयो । समाजले बालिकालाई हेर्ने नजरमा कन्जुस्याइँ गर्न नहुने भन्दै उप प्रमुख अधिकारीले बालिकालाई रास्ट्रको सु योग्य नारिको रुपमा स्थापित गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले निर्माणकार्यको अन्तिम चरणमा पुगेको भवनको लागि महानगर सहयोग गर्न तयार रहेको पनि प्रष्ट पार्नु भयो । महानगरले बिगत देखि नै बालबालिकाको क्षेत्रमा सहयोग गर्दै आएको बताउदै आगामी दिनहरुमा पनि आश्रमलाई सहयोग गर्न सिङगो महानगर तयार छ,उप प्रमुख अधिकारीले भन्नू भयो । उहाँले दक्षताका आधारमा २ जना बालिकालाई महानगरमा रोजगारी दिने पनि प्रतिबद्धता जनाउनु भयो ।
भवन निर्माण समितिका सयोजक केदारनाथ तिमिल्सिनाका अनुसार आश्रम सञ्चालनका लागि भरतपुर महानगरपालिका, बागमती प्रदेश सरकार, जिल्ला समन्वय समिति चितवन सहित विभिन्न दाताको सहयोगमा पक्की आवासीय भवन निर्माणको क्रममा छ । किशोरीका लागि दैनिक खाना खुवाउन २४८ ले आफ्ना विभिन्न कर्म पारेर दान गर्दै आएका छन् । कार्यक्रममा आर्थिक तथा सामाजिक प्रतिबेदन पनि प्रस्तुत गरिएको थियोे । आश्रमका अध्यक्ष सावित्री टन्डनको अध्यक्षतामा भएको सो कार्यक्रममा महासचिव रामेश्वर खनालले सामाजीक प्रतिवेदन पस्तुत गर्नुभएको थियो । कार्यक्रममा आश्रममा रहनुभएकी स्नातक अध्यनरत भवन निमार्ण समितिका सचिव यमुना लम्साल कल्याणीले प्रस्तुत गर्नुभएको थियो । हाल आश्रमको दोस्रो तल्ला निमार्णको कार्य भइरहेको छ । भने पहिलो तल्लामा बालिकाहरुले आविसीय रुपमा प्रयोग गरिसकेका छन् ।कार्यक्रममा सस्थाका जिल्ला सयोजक गुणराज दाहाल,भवन निर्माण समितिका सयोजक केदारनाथ तिमिल्सिना,भरतपुर वडा नम्बर १ का अध्यक्ष केशव मर्हर्जन लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियोे । विसं २०६८ मा आश्रम दर्ता भएको आश्रममा अहिले ३५ किशोरीले आश्रय लिइरहेका छन् । उनीहरुले आश्रयमात्रै लिएका छैनन् संस्कृत विधाको अध्ययनसँगै वाचक र पण्डित बनिरहेका छन् । आश्रममा चार वर्षदेखि १८ वर्षसम्मका किशोरी छन् । उनीहरु शिशु कक्षादेखि स्नातकसम्म अध्ययनरत छन् । स्थानीय सिताराम सस्कृत मा बि मा ३२ जनाले अध्ययन गरिरहेका छन भने १ जना बिरेन्द्र बहुमुखी क्याम्पसमा र एक जना गैंडाकोटमा रहेको कालिका सस्कृत गुरुकुलमा अध्ययनरत छन । आश्रममा २३ जिल्लाका असहाय बालिकाहरुले आश्रय लिइरहेका छन । दिनको समयमा विद्यालय र कलेज जाने बालिकाले साँझ बिहानको समयमा रामायण, महाभारत, राम गीता, श्रीमद्भागवत गीता, श्रीमद्भागवत पुराण लगायतका धार्मिक ग्रन्थ अध्ययन गर्ने गर्दछन् । सस्थामा हाल सम्म ७७ जना बालिकाको आगमन भएको र ती मध्ये ४३ जनालाइ परिवारमा पुनर्मिलन गराइसकेको छ भने ३४ जना बालिका आश्रमको सरक्षणमा रहेका छन । जिल्ला प्रशासन कार्यालय चितवन र भरतपुर महानगरपालिकाको सामाजिक विकास महाशाखाले साहाराविहीन भएको प्रमाणित गरेर पठाएका किशोरीलाई आश्रममा राखिँदै आएको छ ।
प्रतिकृया दिनुहोस