कर्णालीको कुल देवता मष्टो
मुगु– कर्णाली प्रदेशका जिल्लामा कुल देवताको रुपमा मस्टोलाई पुर्जा गर्ने चलन छ। कर्णाली प्रदेशका सबै जिल्लामा मस्टोको मन्दिर (थान) छन्। तर सबै भन्दा जेठो भाई मुगुको छायाँनाथ रारा नगरपालिका–१३ थार्प गाउँमा रहेको मस्टोलाई मानिदै आएको जानकारहरु बताउँछन्।
९ पुस्ता अगाडी १३ सय सालमा भारतको पिथौरागढबाट मस्टो देवता आई थार्प गाउँको रुख मुनि बसेको बृद्धहरुहरुको भनाई छ। थार्प मस्टाको मेला बैशाख पुर्णिमा, साउन पुर्णिमा, जुहारे पुर्णिमा, कार्तिक पुर्णिमा, माघ पुर्णिमा र भैल्या पुर्णिमा गरीे वर्षमा ६ पटक भब्य रुपमा मेला लाग्ने गर्दछ।
मेला हेर्न तथा थार्प मस्टोको दर्शन गर्नका लागि कर्णाली प्रदेशका मुगु, जुम्ला हुम्ला दैलेख सुर्खेत जाजरकोट कालीकोटलगायतका जिल्ला र सूदुरपश्चिम प्रदेशका बाजुरा अछाम, डोटी डडेल्धुुरा, दार्चुला, बैतडी, बझाङ्गलगायतका जिल्लाबाट धार्मीक पर्यटक समेत थार्प मस्टाको मेला हेर्न र दर्शन गर्न आउने गरेको छायाँनाथ रारा नगरपालिका–१३ का स्थानीय सज्जने बोहोरा बताए।
थार्प मस्टोको र्दशन गरेमा आफुले चाहेको कुरा पुरा हुने भएकाले धार्मिक विश्वासका कारण प्रत्यक वर्ष तिर्थालु भक्तजन थार्प आउने गरेको स्थानीयवासीको भनाई छ।
कुल देवताका रुपमा मस्टोलाई कर्णालीमा पुजाआजा गर्ने गरेका भए पनि थार्प मस्टोको महत्व फरक छ। अन्य मस्टोले खासै सत भित गर्न नसकेका बेला थार्प मस्टाले भविष्यमा हुने नहुने के छ सबै ठोकुवाका साथ भन्ने गरेको र भने बमोजिम मिल्दै आाएको छ।
छोरा नभएका मान्छे छोरा दिने ,चुनाबमा बिजय प्राप्त हुने नहुने अग्रिम जानकारी दिने, श्रीमती नपाएकालाई श्रीमती ल्याउन सहयोग गर्ने जस्ता विशेष महत्वका भविष्यवाणी गर्ने भएकाले पनि थार्प मस्टोको विशेष महत्व हुनुका साथै बाहिरी जिल्लाका तिर्थालु भक्तजन दर्शन गर्न आउने स्थानीय दलसिहं बोहोराले बताए।
‘ सन्तान नभएकाहरु सन्तान वर माग्न आउँछन। चुनाव हुनुपूर्व आप्नो विजयको अवस्था थाहा पाउन थार्प मस्टोको दर्शन गर्न आउँछन्’ बोहोराले भने। श्रीमती नपाएकाहरु आप्नो दुःख प्रकट गर्दछन् र त्यसै अनुसार अदालतले गर्न नसकेको काम पनि थार्प मस्टोले टुग्याउने जस्ता महत्वपुर्ण काम गर्ने भएकाले अन्य देवीदेवता भन्दा थार्प मस्टोलाई विशेष महत्वका साथ पुज्ने र पुर्णिमाका अवसरमा दर्शन गर्नेहरुको भीड हुने बाहोराको भनाई छ।
थार्प मस्टाकोे देवता भएमा ९धामिं० भएपछि त्यो मान्छेले घर भन्दा बाहिर जान नपाउने हुन्छ। गाउँ वरपर घुमे पनि खोला कटाएर जान मिल्दैन्। धार्मिकको अवतार पछि तल्लो शरिर नाङगै खुट्टा खाली हिड्नु पर्ने हुन्छ। खोला कटाएर गएमा धार्मिक विरामी हुने स्थानीय बताउँछन्।
साउन शुक्ल पुर्णिमाका बेला अन्य देवता दर्शन गर्न नुहाउन प्रवित्र धाम छायाँनाथ धाममा जाने गरेका भए पनि थार्प मस्टो नजाने र थार्प मस्टो नजिकै रहेको काउलापानीमा नुहाउने स्थानीयको भनाई छ।
अन्य देवता भन्दा ठुलो देवता हुँ भन्ने मान्यताका साथ आफनै अडानमा काम गर्ने र सुहाउँदो माग गरे माग पुरा गरिदिन विश्वाससमेत रहेको छ।https://nagariknews.nagariknetwork.com/social-affairs/192505-1570098180.html
प्रतिकृया दिनुहोस