चौरासी पुजाको यस्तो छ महत्व

 माघ ८, चितवन । मानव जीवनमा गरिने विभिन्न सस्करा मध्ये चौरासी पुजा पनि हो । तर सबैले यो पुजाउत्सोव भने गर्ने अवसर जुरेको हुदैन । यो पुजाका लागि कसैका, ८४ वर्ष नपुगीकन गर्ने गरिए गरिएको पनि पाहिन्द्ध । खासमा चौरासी पुजाँ गर्न का लागि शास्त्रमा विभिन्न आधार तय गरिएका हुन्छन् । मानिसको आयुलाई सयवर्ष मानिएको छ । यसलाई सामान्यतया ३ प्रकारमा विभाजन गरिएको छ ।
१. अल्पायु– ३२ वर्षसम्म ;
२.मध्यमायु– ६४ वर्षसम्म ;
३.पूर्णायु –६४ देखि १०० वर्षसम्म ।
पूर्णायु हुनेहरूले (८४ वर्ष काटेपछि )चौरासीको पूजा गरेको पाइन्छ । कारण, ८४ वर्षमा दीर्घजिवी व्यक्तिले १००८ पूर्ण–चन्द्रमा ८४ सौर्य–संक्राती स्वतः दर्शन गरेको हुन्छ किनभने १ वर्षमा १२ वटा सूर्य–संक्राति १२ वटा पूर्णिमा हुन्छन् । यसरी ८४ लाई १२ ले गुणा गर्दा १००८ पूर्णिमा हुन आउँछ ।खासमा १००८ पुणीर्मा  आफ्नो आयू भित्र परको हुनुर्पे भन्ने हुन्छ । यसैको आधारमा नै गर्नै  चौरासीको पूजा पन्डितहको मत पाहिन्छ । यो दीर्घ–जीवी मानिसको जीवनमा स्वतः चन्द्र–सूर्य दर्शन भएकाले त्यसै व्रतको उद्यापन(प्रतिष्ठा ) लाई चतुराशीति (चौरासी) पूजा भनिन्छ । यसमा चौरासी–सिद्धको पनि चौरासीसिद्ध कोठामा पूजा गरिन्छ जुन १ वर्षको एउटा सिद्ध मानिन्छ ।
चौरासी पूजामा ८४ सिद्धको पूजा, अठार रेखाको पूजा , द्वादशादित्यको पूजा, अभिजित् सहित २७ नक्षत्रको पूजा , सनकादिको पूजा, अष्टचिरञ्जीविको पूजा, लक्ष्मीनारायणको पूजा, रोहिणीसहित चन्द्रमाको पूजा , १००८ चन्द्रमन्त्र जप र त्यसको दशांश हवन , ब्रह्मेन्द्र र शिवपूजा, सूर्य–पूजा, चन्द्रमालाई १००८ अर्घदान तथा १००८ का दरले पूजासामग्री अर्पण गर्नुपर्छ । अन्त्यमा सिद्ध–व्रत कथा पनि सुन्नुपर्दछ । यो व्रत गरिसकेपछि सन्यासाश्रम जस्तै नियमपूर्वक साँचो बोली व्यवहार गर्ने, सत्यतामा आस्था राख्ने, झगडा नगर्ने, लोभ र ईर्ष्या नलिने, गृह–व्यवहार त्याग, कुनै पनि अन्य व्रत र उपवास लिनु न पर्ने ,नवीन–वस्त्र धारण , ब्रह्म–चिन्तनबाट समयको सदुपयोग गर्नुपर्छ । यसरी चौरासीको पूजामा सबै दान गरेपछि मर्नेबेलामा आतुर–दान, वैतरणी धेनुदान गर्नु पर्दैन भन्छन् ।


‘‘‘‘‘

प्रतिकृया दिनुहोस