राति सुत्नुभन्दा अघि गर्नुहोस् यि काम ! तपाईको परिवारमा सुख,शान्ति र सम्पन्नता....
शास्त्रमा मानिसहरुले गर्नुपर्ने धेरै नित्य कर्मका बारेमा उल्लेख गरेको पाइन्छ । हामीले मात्र अनुसरण गरे दैनिक जीवन सहज हुन्छ सक्दछ । जोतिषशास्त्रलाई मान्ने हो भने रातिको समयमा पनि केही त्यस्ता काम गर्नुपर्छ जसले तपाईको घरमा सुख, शान्ति र समृद्धि छाउँछ ।
यि कामलाई नियमवद्ध अपनाउनाले घरमा सदैव लक्ष्मीको बास हुन्छ ः-
- राति घरको दक्षिण र पश्चिम कुनामा बत्ती वा बल्ब बाल्नाले पितृको आत्माले शान्ति पाउँछ र घरमा सम्पन्नता छाउँछ ।
- पूजा घर वा देव स्थानमा राति दियो बाल्नाले घरमा लक्ष्मीको बास रहन्छ । धनकी देवी लक्ष्मी प्रशन्न हुने विश्वास गरिन्छ ।
- सुत्नुभन्दा पहिला आफ्नो गोडा धुनपर्छ, यसो गर्नाले राम्रो निद्रा आउँछ र निद्रा राम्रो परेपछि स्वास्थ्यमा आउने समस्या समेत दूर हुन्छ ।
- सुतेको बेलामा आफ्नो खुट्टालाई उत्तरी दिशातर्फ पार्नुहोस् ।यसो गर्नाले शरीर र घरमा समेत नकरात्मक उर्जा आउन पाउँदैन ।
- सुत्ने कोठामा कपूर बाल्नाले सकारात्मक ऊर्जा प्राप्त हुन्छ र पति पत्निबीचको सम्बन्ध समेत सुमधुर बन्छ ।
- घरमा भएका बृद्धा र आमा बुबा सुतिसकेपछि मात्र सुत्नुहोस् यसले परिवारक सम्बन्धमा सुधार आउँछ । कलह हुन पाउँदैन ।
प्रतिकृया दिनुहोस