रातो मच्छिन्द्रनाथको रथारोहण फेरि स्थगित भयो

काठमाडौं
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि हुने भनिएको रातो मच्छिन्द्रनाथको रथारोहण फेरि स्थगित गरिएको छ ।
ललितपुर जिल्ला प्रशासन कार्यालयमा आज बसेको बैठकले रातो मच्छिन्द्रनाथ रथारोहण र रथारोहणसँग सम्बन्धित सम्पूर्ण कार्यहरु स्थगित गर्ने निर्णय गरेको हो ।
पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेसागै रथारोहण स्थगित गरिएको प्रशासनल जनाएको छ ।
कोभिड १९ को महामारीका कारण जारी लकडाउनले गर्दा गत २८ चैतमा अनिश्चितकालका लागि स्थगित गरिएको सो रथयात्राका लागि रथ निर्माणको काम असार १० गतेदेखि सुरु गरिएको थियो । रातो मच्छिन्द्रनाथ रथ निर्माण गुठी संस्थानको पहल र स्थानीय जातीय संघसंस्थाको अगुवाईमा अघि बढाइएको थियो ।
जिल्ला प्रशासन कार्यालयले अनुमति नदिए पनि स्थानीयवासी जुटेका हुन् । तर, कोरोना संक्रमितको संख्या बढ्दै गएकाले प्रशासनले आज हुने भनिएको रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित गर्ने निर्णय गरेको हो । लिच्छवीकालदेखि निरन्तर चल्दै आएको रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ । वैशाख कृष्ण पक्षको प्रतिपदादेखि सुरु हुने जात्रामा वैशाख शुक्ल पक्षको प्रतिपदाको दिनदेखि रथयात्रा सुरु गर्ने चलन छ
प्रतिकृया दिनुहोस