मधानी महायज्ञमा आज राष्ट्रपति भण्डारीबाट विशेष पूजा

रौतहट, ६ फागुन । रौतहतको मौलापुर नगरपालिका–५ पतौरामा  फागुन ४ आइतवारबाट शुरु भएको मधानी महायज्ञ  आज एक कार्यक्रमका बिच समापन गरिने भएको छ  ।  पुरातात्विक महादेब मन्दिरको प्राङ्गणमा शुरु हुन अघि भव्य महायज्ञको कलशयात्रा निकालिएको थियो ।

महायज्ञमा यस क्षेत्रको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व झल्किने किसिमले भगवान शिवको विशेष पूजा अनुष्ठान  आयोजकले जनाएको छ । महायज्ञको लागि आज शिवलिला प्रदर्शन गरिएको छ भने ५ गते महायज्ञ शुभारम्भ तथा नेपाली कलाकारहरुको सांस्कृतिक प्रस्तुतिको कार्यक्रम कार्यक्रम पनि गरिएको पुरातात्विक महादेव मन्दिरको प्रांगणमा मधानी महायज्ञ आयोजना गरिएको हो।यो मन्दिर परिसरमा एकहजार वर्ष पुरानो दरबारको अवशेष फेला परेको छ। मौलापुरमा उत्खनन्‌को क्रममा भेटिएको शिव मन्दिरको बेलायती विज्ञहरुको एक टोलीले जाँच गरेको थियो। त्यही क्रममा दरबारका भग्नावशेष फेला पारेको थियो।

यस्तै फागुन ६ गते  आज राष्ट्रपति भण्डारीबाट विशेष पूजाको कार्यक्रम रहेको छ । सो महायज्ञमा नेपाली कलाकारहरु निखिल उप्रेती, केकी अधिकारी ,अस्मिता दहाल ,शालिनी कुँवर ,सन्तोष राज सहनी एवम् भारतीय कलाकारहरु अम्रपाली दुबे ,दिनेश लाल यादब ,इन्दु शोनालीद्वारा सांस्कृतिक कार्यक्रम पेश गर्ने तय भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...