ॐकार परिवारको महायज्ञमा साहित्यकार मियाँले दिनुभयो दान


भरतपुर २०,माघ । ॐकार परिवारको सहभागिता र ब्राह्मण समाज नेपालको आयोजनामा आयोजना माघ  १५ गतेदेखि शरदपुरमा शुरु भएको महायज्ञमा चितवनका साहित्यकार यसुफदिन मियाँले पनि सहयोग गर्नुभएको छ ।उहाँले ५ हजार १ सय ११ 
 सहयोग गर्नुभएको छ । महायज्ञको 

 श्रीमद्भागवत् विराट ज्ञान महायज्ञको छैटौ दिनसम्म आइपुग्दा दान दाताको सहभागीता बढ्दै गएको छ । सोमबार मात्रै १४ लाख ९४ हजार ४ ९८ रुपैया आर्थीक संकलन भएको महायज्ञ मुल समाहरोह समितिका संयोजक टंकनाथ पौडेलले बताउनु भयो ।

े । महायज्ञमा प्रमुख वाचकको रूपमा पण्डित बालकृष्ण अर्याल रहनुभएको छ ।  महायज्ञमा दान दाताहरुको सहभागिता उत्साहजनक देखिएको छ । महायज्ञमा भुमिदान गर्नेहरुको संख्या समेत बढेको छ ।

अहिले सम्म भुमिदानबाट मात्रै १५ लाख बढि  रकम संकलन भईसकेको महायज्ञका आर्थीक समितिका संयोजक राम ओस्तीले बताउनु भयो । आईतबार मात्रै संयोजक टंकनाथ पौडेलले आफना साथी भाई र घर परिवार बाट गरि २१ वटा कित्ता भुमिदानको घोषाणा गर्नु भएको थियो भने सोमबार पनि ५० कित्ता बढि भुमिदान भएको बताईएको छ ।  

 त्यस्तै, भवन निर्माणका लागि विभिन्न दाताहरूले निर्माण सामग्री जस्तै सिमेण्ट, छड, आदि पनि दान गरेका छन् । वडा नं ९ शरदपुरमा ब्राह्मण समाजको नाममा रहेको २ कठ्ठा १८ धुर जमिनलाई एउटा कित्तामा १.५० वर्ग मिटर क्षेत्रफल पर्ने गरी ६०१ कित्तामा विभाजन गरेर भुमि दानको ब्यवस्था गरिएको हो ।   समाजले एउटा कित्ताको मूल्य रु २१ हजार १ सय ११ कायम गरेको बताएको छ ।

सोही जमिनमा बनाइने भवनमा दिवा सत्संग तथा योग कक्षा, धार्मिक पुस्तकालय, वृद्धवृद्धा तथा दुस्खीका लागि आवास सञ्चालन गरिने महायज्ञ मुल आयोजक समितिका संयोजक टंंकनाथ पौडेलले बताउनु भयो ।  समाजमा हराउदै गएको हिन्दु धर्मको ज्ञान र दर्शनको बारेमा आम मानिसमा जानकारी प्रवाहगरी सामाजिक जागरण ल्याउने, ब्राहमण समाज नेपाल चितवनको भवन निर्माण गर्ने, जेष्ठ नागरिक सेवा सञ्चालन गर्ने, गरिव असाहय एवं ज्येष्ठ नागरिकको बहुआयामिक सहयोगार्थ अक्ष्यकोष स्थापना गर्ने, पञ्चायन मन्दिर निर्माणका साथै दैनिक धार्मीक प्रर्वचनको ब्यवस्था गर्ने, धार्मीक पुस्तकालय एवं बाचनालय स्थापना गर्ने, प्रत्यक दिन योग कक्षा सञ्चालन गर्ने र गुरुकुल शिक्षालाई प्रोत्साहन गर्ने उदेस्यसहित महायज्ञ आयोजना गरिएको महायज्ञ मुल समितिका संयोजक पौडेलले बताउनु भयो । महायज्ञलाई तन मन र धनले सहयोग गरी सफल बनाउन आर्थीक समितिका संयोजक राम ओस्तीले  आग्रह गर्नु भयो ।महायज्ञमा राष्टिय कलकार सरिता गुरुगंले लगायतका सामाजिक तथा धार्मिक व्याक्तित्वले उपस्थिीति जनाउनु भएको थियो 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय