ॐकार परिवारको महायज्ञमा १ करोड ८ लाख चन्दा रकम संकलन,

माघ १८

भरतपुर महानगरपालिका वडा नं ९ शरदपुरमा जारी श्रीमद्भागवत् विराट ज्ञान महायज्ञको पाचौ दिनसम्म आइपुग्दा १ करोड ८ लाख चन्दा रकम संकलन भएको छ । ॐकार परिवारको सहभागिता र ब्राह्मण समाज नेपालको आयोजनामा आयोजना गरिएको महायज्ञ १५ गतेदेखि सुरु भएको हो । महायज्ञमा प्रमुख वाचकको रूपमा पण्डित बालकृष्ण अर्याल रहनुभएको छ । महायज्ञमा दान दाताहरुको सहभागिता उत्साहजनक देखिएको छ । महायज्ञमा भुमिदान गर्नेहरुको संख्या समेत बढेको छ ।

अहिले सम्म भुमिदानबाट मात्रै ४ लाख ४० हजार रकम संकलन भईसकेको महायज्ञका आर्थीक समितिका संयोजक राम ओस्तीले बताउनु भयो । आईतबार मात्रै संयोजक टंकनाथ पौडेलले आफना साथी भाई र घर परिवार बाट गरि २१ व्टा कित्ता भुमिदानको घोषाणा गर्नु भएको छ ।

त्यस्तै, भवन निर्माणका लागि विभिन्न दाताहरूले निर्माण सामग्री जस्तै सिमेण्ट, छड, आदि पनि दान गरेका छन् । वडा नं ९ शरदपुरमा ब्राह्मण समाजको नाममा रहेको २ कठ्ठा १८ धुर जमिनलाई एउटा कित्तामा १.५० वर्ग मिटर क्षेत्रफल पर्ने गरी ६०१ कित्तामा विभाजन गरेर भुमि दानको ब्यवस्था गरिएको हो । समाजले एउटा कित्ताको मूल्य रु २१ हजार १ सय ११ कायम गरेको बताएको छ ।

सोही जमिनमा बनाइने भवनमा दिवा सत्संग तथा योग कक्षा, धार्मिक पुस्तकालय, वृद्धवृद्धा तथा दुस्खीका लागि आवास सञ्चालन गरिने महायज्ञ मुल आयोजक समितिका संयोजक टंंकनाथ पौडेलले बताउनु भयो । समाजमा हराउदै गएको हिन्दु धर्मको ज्ञान र दर्शनको बारेमा आम मानिसमा जानकारी प्रवाहगरी सामाजिक जागरण ल्याउने, ब्राहमण समाज नेपाल चितवनको भवन निर्माण गर्ने, जेष्ठ नागरिक सेवा सञ्चालन गर्ने, गरिव असाहय एवं ज्येष्ठ नागरिकको बहुआयामिक सहयोगार्थ अक्ष्यकोष स्थापना गर्ने, पञ्चायन मन्दिर निर्माणका साथै दैनिक धार्मीक प्रर्वचनको ब्यवस्था गर्ने, धार्मीक पुस्तकालय एवं बाचनालय स्थापना गर्ने, प्रत्यक दिन योग कक्षा सञ्चालन गर्ने र गुरुकुल शिक्षालाई प्रोत्साहन गर्ने उदेस्यसहित महायज्ञ आयोजना गरिएको महायज्ञ मुल समितिका संयोजक पौडेलले बताउनु भयो । महायज्ञलाई तन मन र धनले सहयोग गरी सफल बनाउन आर्थीक समितिका संयोजक राम ओस्तीले आग्रह गर्नु भयो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चक्रवात ‘अर्नब’को प्रभाव: आज दिउँसोदेखि वर्षा हुने, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं : बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवात अर्नबको प्रभाव नेपालमा आज (बिहीबार) देखि स...