नारायणगढमा १ महिने कोटिहोम महायज्ञको उद्घाटन


नारायणगढ , ११ माघ
नारायणगढको नारायणी नदी किनारमा एक महिने कोटिहोम महायज्ञ आज शनिवारबाट शुरु भएको छ । महायज्ञको उद्घाटन जिल्ला समन्वय समिति चितवनकी उपप्रमुख मुना श्रेष्ठले गर्नुभयो । आगामी फागुन ११ गतेसम्म सञ्चालन हुने ‘१०८ कुण्डीय कोटिहोम शैक्षिक, धार्मिक तथा सांस्कृतिक तुलादान, माघी मेला महामहोत्सव एवम् सङ्गीतमय लीलामय १०८ श्रीमद्भावत धनधान्याचल पितृमोक्ष बिराट मासिक ज्ञान महायज्ञ २०७६’ को उद्घाटन गर्दै श्रेष्ठले यो महामहोत्सवले चितवनमा मात्रै नभएर नेपालमा नै धार्मिक पर्यटकको वृद्धि गराउने बताउनु भयो । महायज्ञमा श्रद्धालुहरुले दिएका ,चढाएका दान पारदर्शी हुनुपर्नेमा श्रेष्ठले जोड दिनुभयो । जुन उद्देश्यले महायज्ञ सञ्चालन गरिएको त्यहाँबाट संकलन भएको रकमबाट त्यो उद्देश्य पुरा गर्नतर्फ सबै सचेत हुनुपर्ने श्रेष्ठको भनाइ छ । सो महायज्ञमा निर्माण गरिएको १०८ हवन कुण्डमा दैनिक १०८ पण्डितद्वारा हवनका साथै कथा वाचन समेत हुनेछ । सो महायज्ञमा मूल समितिका उपसंयोजक तथा पशुपति मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनोज पुडासैनी, उपसंयोजक दिव्या शर्मा आचार्य तथा महायज्ञका प्रमुख वाचक वालयोगेश्वर महाराजश्रीले मन्तव्य राख्दै बाहिरी हल्लाको पछि नलागी तन, मन, वचन र कर्मले सहयोग गर्न आग्रह गरेका छन् । भक्तजनहरुको दानको रकम कुनै पनि हालतमा हिनामिना हुन नदिने उनीहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । महायज्ञ उद्घाटन हुनुपूर्व शोभायात्रा सहितको ¥यालीले नगर परिक्रमा समेत गरेको थियो । महायज्ञका मूल वाचक वालयोगेश्वर महाराजश्रीले महायज्ञको आम्दानीले जगतपुरको पशुपति मन्दिरलाई वृहत धामको रुपमा विकास गरिने, चितवनमा आयुर्वेदिक शिक्षालयको स्थापना गरिने, क्यान्सर रोडबाट पीडित विपन्न परिवारकालाई सहयोग गर्नेलगायतका धार्मिक, शैक्षित तथा सामाजिक काम गरिने बताए । नेपालको इतिहासमा नै पहिलो पटक ठूलो महायज्ञको आयोजना गरिएको उल्लेख गर्दै महायज्ञ मूल समितिका महासचिव एवम् प्रवक्ता दिलिप न्यौपानेले यसले नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा पु¥याउने बताउनु भयोा । सो महायज्ञ सञ्चालनका लागि तीन करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको उल्लेख गर्दै महायज्ञका प्रवक्ता न्यौपानेले २५ करोड रुपैयाँभन्दा बढी रकम सङ्कलन गरिने जानकारी दिए । महायज्ञको उद्घाटन सत्रमा चितवनका विभिन्न गुरुकुलका बटुक र बालिकाहरुले स्वती वाचन गरेका थिए । भने थारु सस्कृति स्टिक नृत्य लगायत विभिन्न झाकी समेत प्रस्तुत गरिएको थियो । महायज्ञ आर्कषक ९ तले यज्ञ मण्डप पनि तयार गरिएको छ । महायज्ञ फागुन ११ सम्म सञ्चालन हुने बताएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय