पितृ मोक्ष महायज्ञ :दाताहरुमा उत्साह थपिदै

 
 
नबजागरण बहुमुखी क्याम्पस मध्यबिन्दु ०७ चोरमारा नवलपुरद्वारा पौष २७ गते देखी माघ ०६ गतेसम्म आयोजित पितृ मोक्ष धनधान्याचल एबं बिराट ज्ञान महायज्ञ नजिकिदै जादा ब्यक्तिगत तथा पारिवारिक रुपमा दान दिने क्रम सुरु भएको छ । केहिले औपचारिक रुपमा नै दान रकम हस्तान्तरण गर्ने गरेका छन भने केहिले दान रकमको प्रतिबद्धता ब्यक्त गर्ने गरेका छन । सोही क्रममा पोर्चुगल बस्दै आउनुभएका कृष्ण शर्मा सुबेदिले दान गर्नुभएको रु २५,५५५ रकमको भौचर आज उहाँका दाजु कमल प्रसाद सुबेदिले महायज्ञ मुल समारोह समितिका संयोजक चेतनाथ तिवारिलाई एक कार्यक्रमका बिच हस्तान्तरण गर्नुभएको छ । पोचुगल बस्दै आउनुभएका दानदाता कृष्ण शर्मा सुबेदिले स्नातकोत्तर अध्ययनका लागि कोहि बिध्यार्थी बाहिर जान नपरोस भनेर आफुले सक्दो दान गरेको आफ्नो फेसबुक पेजमा उल्लेख गर्नुभएको छ ।
महायज्ञको मिति नजिकिदै गर्दा तयारिलाई तीब्र गराईएको छ भने महायज्ञलाई लिएर आफुहरु निकै उत्साहित रहेको र सफल हुनेमा आश्वस्त रहेको आयोजकले बताउदै आएका छन ।महायज्ञमा केदारनाथका पिठाधिश शिवाचार्य महाराजद्वारा पितृ मोक्षका लागि बिशेष पुजाको ब्यवस्था गरिने आयोजकले जानकारी दिएको छ । क्याम्पसमा अध्ययन गर्ने विधार्थीहरुका लागी सर्वशुलभ शिक्षाको व्यवस्था गर्ने, क्याम्पसलाई भौतिक सुविधायुक्त बनाई गुणस्तर सुनिश्चितता प्रत्यायन क्यिु ए ए  प्राप्त गराउन, स्नातक तहमा समयसापेक्ष प्राविधिक शिक्षा तथा छात्रावास सन्चालन गर्न, अति विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रवृती प्रदान गराउने उदेश्यले पितृ मोक्ष बिराट ज्ञान महायज्ञको आयोजना गर्न लागिएको हो । महायज्ञमा १५ करोड संकलन हुने अपेक्षा राखिएको आर्थिक समिती संयोजक प्रकाश पङ्गेनिले बताउनुभएको छ ।
 
 
 
 
 
Attachments area
 
 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...