सत्यवती-ऋषि परासर सम्बन्ध : सहमति या जबर्जस्ती
शास्त्रका ज्ञाता, विद्वान् प्रदीप गिरीले यही प्रसङ्गलाई बलात्कार भन्नुभएको भए सर्तसहितको सम्बन्ध कसरी बलात्कार भयो ? अहिलेको अवस्थामा भए मत्स्यगन्धाले चाहेमा कार्यस्थलमा यौन हिंसाको कानून परासर ऋषिलाई लाग्थ्यो कि जस्तो लाग्छ । त
■ बबिता बस्नेत
सत्यवतीलाई लिएर आदरणीय प्रदीप गिरीले साहित्यिक महोत्सव पोखरामा ‘महाभारतकी शारीरिक बलात्कृत पात्र सत्यवती हुन्’ भन्नुभएछ । उहाँजस्तो विद्वान् राजनीतिज्ञसँग शास्त्रका कुरा गर्नु दुस्साहस हुन सक्छ, तर सत्यवतीको बलात्कार भएको थियो भनेर मान्न सक्ने ठाउँ देखिँदैन । विभेद भने उनले जन्मँदै भोगेकी थिइन् । सत्यवती शुरुमा मत्स्यगन्धाका नामले परिचित थिइन् । उनको जन्मकथा रोचक छ ।
राजा वासु यात्रामा रहेका बेला घरमा रहेकी पत्नीलाई सम्झन पुग्छन् । यही क्रममा उनको विर्य स्खलन हुन्छ । उनलाई त्यसै फाल्न मन लाग्दैन र चरामार्फत आफ्नी पत्नीलाई पठाउँछन् । चराले पातमा राखेर लाँदै गर्दा यमुना नदीमा खस्छ, पोथी माछाले खान्छ र गर्भवती हुन्छ । एक दिन सोही नदीमा नाउ खियाउने दशराज नाम गरेको माझीले माछा मार्नका लागि जाल हान्छन् । घरमा लगेर माछा सफा गर्दा माछाको पेटभित्र एउटा बालक र बालिका भेटिन्छन् । माछाबाट अकस्मात् दुई बच्चा भेटेपछि माझी बच्चा बोकेर राजाकहाँ पुग्छन् । निःसन्तान राजाले छोरा आफूसँग राखेर छोरीचाहिँ तिमी नै राख भनी माझीलाई दिन्छन् ।
डुङ्गा खियाउने र माछा मार्ने व्यवसाय गरेर बसेका दशराजले छोरीलाई स्नेहका साथ हुर्काउँछन् । उनको शरीरबाट माछाको गन्ध आउने हुँदा उनी मत्स्यगन्धाका नामले परिचित हुन्छिन् । ठूली भएपछि उनी बाबुलाई डुङ्गा खियाउन सघाउँछिन् । सघाउँदासघाउँदै उनी व्यावसायिक डुङ्गाचालक बन्छिन् । डुङ्गामा बसेर यमुना वारिपारि गर्ने क्रममा एक दिन ऋषि परासर यात्रीका रूपमा डुङ्गामा बस्छन् । यात्राका क्रममा ऋषि मत्स्यगन्धासँग आकर्षित हुन्छन र शारीरिक सम्बन्धको प्रस्ताव राख्छन् । उनलाई यस्तो दिउँसो उज्यालोमा मान्छेले देखे के भन्लान् ? भन्ने हुन्छ र सोही कारण बताउँदै इन्कार गर्छिन् । ऋषिले आफ्नो शक्तिबाट वरिपरि घना बादल लगाइदिन्छन्, निश्चिन्त हुन भन्छन् । उक्त बादललाई सम्बन्धका लागि वातावरण बनाइएको थियो भन्न पनि सकिन्छ ।
उनले सम्बन्धपछि आफ्नो शरीरबाट माछाको गन्ध हट्नुपर्ने र आफू फेरि कुमारी नै हुनुपर्ने प्रस्ताव राख्छिन् । यी दुवै कुरा ऋषि परासरले स्वीकार गर्दै हाम्रो सम्बन्धबाट छोरा जन्मिन्छ, जसलाई तिमीले चाहेको बेला भेट्न सक्छ्यौ र उसले तिमीलाई परेको बेला ठूलो मद्दत गर्नेछ भन्छन् । छोरा जन्मिएपछि पनि उनी कुमारी नै बन्छिन् । शास्त्रका ज्ञाता, विद्वान् प्रदीप गिरीले यही प्रसङ्गलाई बलात्कार भन्नुभएको भए सर्तसहितको सम्बन्ध कसरी बलात्कार भयो ? अहिलेको अवस्थामा भए मत्स्यगन्धाले चाहेमा कार्यस्थलमा यौन हिंसाको कानून परासर ऋषिलाई लाग्थ्यो कि जस्तो लाग्छ । तर, उनले स्वीकृति लिई सर्त स्वीकार गरेर सम्बन्ध राखेका कारण मत्स्यगन्धा–परासर ऋषि सम्बन्धलाई सहमतिको सम्बन्ध नै मान्नुपर्ने हुन्छ । यो सम्बन्धपछि माछाको गन्ध हटेर उनी सुगन्धित युवती भइन् । मत्स्यगन्धा र सत्यवती दुवै अवस्थामा उनी पराक्रमी सुन्दरी थिइन् ।
महाभारत पुरुषको युद्ध भए पनि भरतवंश धान्नका लागि महारानी सत्यवतीको योगदान कल्पना नै गर्न नसक्ने प्रकारको छ । आफ्नी बुहारीलाई आफ्नो छोरा अर्थात् ती बुहारीका पतिबाहेक अरू कसैसँग शाारीरिक सम्बन्ध राख भनेर कुन आमाले भन्न सक्छन् ?
डुङ्गा चलाउने साधारण कामकाजी महिलालाई राजा सन्तनुले मन पराएर विवाह गरे । राजा सन्तनुसँग विवाह भएपछि उनका दुई छोरा जन्मिए, चित्रांगद र विचित्रविर्य । चित्रांगदको सानैमा मृत्यु भयो । दुई रानी भित्र्याएको केही दिनमै विचित्रविर्यको पनि निधन भयो । राजा सन्तनुको पहिल्यै निधन भइसकेको थियो । छोराको मृत्युको शोक त छँदै थियो, त्यसमा पनि सन्तान नभई भएको मृत्युले वंश परम्परा मात्र होइन देशको नेतृत्वमै सङ्कट आउने कुराले सत्यवतीलाई थप चिन्तित बनायो । आफ्नै लागि गरिएको सौतेनी छोरा भीष्मको प्रतिज्ञा तोड्न नसकेपछि उनले आफू मत्स्यगन्धा हुँदा परासर ऋषिसँगको सम्बन्धबाट जन्मिएको छोरा व्यास र विधवा बुहारीहरूको सम्बन्धको परिकल्पना गरिन् ।
ऋषि व्यासले आफ्नो भेष बदलेर राजकुमारीहरूसँगको सम्बन्धका लागि योग्य बन्न केही समय मागे पनि उनले दिइनन् । कारण, आफ्ना बुहारीहरूमाथि कसैले शङ्का नगरून् भन्ने चाहना नै हो भन्न सकिन्छ । छोराको मृत्यु भइसकेको अवस्थामा लामो समयपछिको गर्भधारणले बुहारीहरूमाथि लोकले शङ्का गर्न सक्थ्यो । बुहारीलाई काउन्सिलिङ गर्ने क्रममा सासू सत्यवतीले भनेकी थिइन्, ‘बच्चा जन्माएर कुल परम्परा धान्ने काम तिम्रा श्रीमान् अर्थात् मेरो छोराको थियो, तर ऊ आफ्नो कर्तव्य पूरा नगरी यो संसारबाट बिदा भयो । जब पतिले गर्नैपर्ने कुनै कर्तव्य गर्दैन त्यो पत्नी स्वयम्ले गर्नुपर्ने हुन्छ, जाऊ ऋषि व्यास तिमीलाई पर्खिरहेका छन् ।’
देश र वंश परम्परा चलाउन कुन हदसम्मको नीति अवलम्बन गर्नुपर्ने हुन सक्छ भन्ने कुराको उदाहरण हुन् सत्यवती । महाभारत पुरुषको युद्ध भए पनि भरतवंश धान्नका लागि महारानी सत्यवतीको योगदान कल्पना नै गर्न नसक्ने प्रकारको छ । आफ्नी बुहारीलाई आफ्नो छोरा अर्थात् ती बुहारीका पतिबाहेक अरू कसैसँग शाारीरिक सम्बन्ध राख भनेर कुन आमाले भन्न सक्छन् ? त्यसो भन्नु उचित थियो या थिएन बहसको विषय हुन सक्छ । तर, उनले बुहारीहरूलाई गरेको ‘काउन्सिलिङ’ आश्चार्यलाग्दो छ । अहिले हामी एकल महिलाको पुनर्विवाहको कुरा गरिरहेका छौँ, त्यतिबेला सत्यवतीले आफ्ना एकल बुहारीहरू गर्भवती हुने परिकल्पना मात्र गरिनन्, व्यास (उनकै विवाहपूर्वका छोरा)सँग सम्बन्ध राख्न बुहारीहरूलाई मानसिक रूपले तयारसमेत गरिन् । यद्यपि राजकुरमारको कल्पना गर्दै हुर्किएका राजकुमारसँगै विवाह भएका बुहारीहरूलाई गेरुवस्त्र र चन्दनको टीका लगाएका, लामो दारी पालेका हेर्दै डरलाग्दा ऋषिसँगको सम्बन्ध सहज भएन । तथापि त्यतिबेलाको जमानामा त्यो स्तरको सोच आफैँमा अचम्म मान्नुपर्ने खालको छ ।
शास्त्रका ज्ञाता, विद्वान् प्रदीप गिरीले यही प्रसङ्गलाई बलात्कार भन्नुभएको भए सर्तसहितको सम्बन्ध कसरी बलात्कार भयो ? अहिलेको अवस्थामा भए मत्स्यगन्धाले चाहेमा कार्यस्थलमा यौन हिंसाको कानून परासर ऋषिलाई लाग्थ्यो कि जस्तो लाग्छ ।
सासूको आज्ञालाई बुहारीहरूले बिनाप्रतिवाद स्वीकार त गरे, तर प्रेमी या जीवनसाथीको रूपमा राजकुमारको कल्पना गर्दै हुर्किएका उनीहरूका लागि ऋषिसँगको सम्बन्ध सहज हुने कुरै भएन । ऋषि व्यासलाई देखेपछि बुहारी अम्बिका डराइन् र आँखा चिम्लिइन्, परिणामतः दृष्टिविहीन बच्चाको जन्म भयो, धृतराष्ट्र । ऋषिले आमा सत्यवतीलाई अम्बिकाले अत्यधिक डराई दुवै आँखा चिम्म गरेकाले दृष्टिविहीन बच्चा जन्मिने बताएपछि उनले अर्की बुहारी अम्बालिकालाई पनि दिदीलाई जस्तै गरी काउन्सिलिङ गरिन् । अम्बिका र अम्बालिका दिदीबहिनी थिए । अम्बालिका पनि डराइन्, ऋषिलाई देखेपछि उनको पूरै शरीर डरले सेतो भयो । परिणामतः पाण्डु जन्मिए, जन्मँदै रोगी । दिदीबहिनी दुवै डराएपछि दिदी अम्बिकाले आफ्नी दासीलाई ऋषिसामु पठाइन् । सपना फरक भएका कारणले हुन सक्छ, दासी उक्त सम्बन्धमा रोमाञ्चित भइन्, परिणाम विदुर जन्मिए । धुरन्धर विद्वान्का रूपमा रहेका उनको विदुर–नीति प्रख्यात छ ।
सत्यवतीले बुहारीहरूलाई ऋषि व्याससँग जबर्जस्ती सम्बन्ध राख्न गरेको काउन्सिलिङलाई दबाब भन्न मिल्छ । त्यतिबेला सासूले भनेको इन्कार गर्न सक्ने अवस्था थिएन । महाभारतमा अम्बिका र अम्बालिकाले ऋषि व्याससँग राखेको सम्बन्ध सहमतिको थिएन, बाध्यात्मक थियो । तर, सत्यवती आफूले भने त्यसप्रकारको सम्बन्ध राख्नुपरेको थियो भन्ने लाग्दैन । हिजोआज डाक्टरहरूले सम्बन्धको अवस्था र गर्भावस्थामा हाँसी–खुसी रहनुपर्छ भन्ने गरेका छन् । महाभारतमा त्यतिबेलै जबर्जस्तीको सम्बन्धबाट जन्मिएका बच्चाहरूबारे पात्रहरू खडा गरेर जानकारी दिइएको थियो ।घटना र विचार
प्रतिकृया दिनुहोस