अखण्ड हरिनाम संकिर्तन चन्द्रकला देवी मन्दिरमा

पुष ५ ,लेवरनगर चितवन
भरतपुर २४ लेवरनगर मा रहेकोे चन्द्रकला देवी मन्दिरको आयोजनामा मन्दिर परिसर  १२ घण्टे अखण्ड हरिनाम संकिर्तन शनिवार सम्पन्न भएको छ । मन्दिर का अध्यक्ष मुक्तिनाथ ढकालको अध्यक्षता मा सम्पन्न कार्यक्रममा उद्घाटन भरतपुर महानगरपालिका २४ का अध्यक्ष कान्छा मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । अखण्ड हरिनाम संंकिर्तन का संयोजक शेषकान्त पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा  महानगरपालिका २५ का अध्यक्ष बिजय कुमार भुजेल, पश्चिम चितवनमा रहेका ३२ मन्दिरका अध्यक्ष दण्डपाणि काफ्ले, सो चन्द्रकला देवी मन्दिरका अध्यक्ष गंगाधर सुवेदी बाबुराम पौडेल , लगायतका लो अखण्ड हरिनाम संंकिर्तनको महत्व वारे प्रकास पार्नु भएको थियो ।भरतपुर महानगरपालिकाका वडा १८,२४,२५,२६,२७,२८ मा रहेका ३२ मन्दिरहरु को मिली सयुक्त समिती बनाएको र सो समिती मार्फत आलोपालो सबै मन्दिरहरुमा प्रत्येक महिनाको ५ गते १२ घण्टे अखण्ड किर्तन कार्यक्रम आयोजना गरेको सो किर्तन संयोजक पौडेलले जानकारी दिनु भयो । कार्यक्रममा १२ वटा टोलीले भजन प्रस्तुत गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...