युवा माध्यमिक विद्यालयमा पनि महायज्ञ

विद्यालयको जग्गा खरिद , शैक्षिक गुणस्तर सुधार लगायत प्राविधिक शिक्षा का लागि महायज्ञ गरिन लागिएको आयोजकले बताएको छ ।


पुष १ , ज्योतिनगर
पश्चिम चितवन भरतपुर २६ ज्योतिनगरको धर्मचोकमा रहेको श्री युवा माध्यामीक विद्यालय ज्योतिजुनेलीमा श्रीमद्भागवत महायज्ञ लगाइने भएको छ । महायज्ञ सम्पन्न का लागि मंगलवार विद्यालय परिसरमा नै सचिवालय को उद्घाटन गरिएको छ । विद्यालय व्यवस्थापन समितीका पुर्व अध्यक्ष जगन बहादुर गुरुङले एक कार्यक्रमका बिच सचिवालयको उद्घाटन गर्नु भयो ।उद्घाटन कार्यक्रममा वडा २६ अध्यक्ष ज्ञान प्रसाद खनालले स्थानियताको संलग्नता महायज्ञ हुने भएकोले थप प्रभावकारी हुने बताउनु भयो । उहाँले विद्यालयको भौतिक विकासका लागि आफुले विगतमा पनि सहयोग पनि गरेको बताउदै अब पनि गर्ने बताउनु भयो । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष नारायण प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा महायज्ञ प्रचारप्रसार समितीका संयोजक लक्ष्मीकान्त दवाडी , आर्थिक संयोजक लोकनाथ पौडेल , विद्यालयका प्रधानअध्यापक रामनाथ घिमीरे , नेपाल रेडक्रस सोसाइटी दिव्यनगर का सभापति जीवा ढकाल लगायतले बोल्नु भएको थियो । आगामी माघ ५ गते देखि १३ गतेसम्म महायज्ञ सञ्चालन गरिने कार्यक्रमका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष एवं यज्ञ मुल समारोह समितीका संयोजक पौडेलले जानकारी दिनु भयो ।विद्यालयको जग्गा खरिद , शैक्षिक गुणस्तर सुधार लगायत प्राविधिक शिक्षा का लागि महायज्ञ गरिन लागिएको आयोजकले बताएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...