बारामा प्रसिद्ध गढीमाई मेलामा श्रद्धालुहरुको दर्शन गर्ने क्रम बढ्दो

गढीमाईमा मंगलबार एकैदिन करिब १० हजार राँगाको बलि दिइएको छ । बुधबार बेलुकासम्म करिब १५ हजारको हाराहारीमा राँगाको बलि चढ्ने अनुमान समितिले

मंसिर १८,बारा

नेपालको बारा जिल्लामा प्रत्येक ५ वर्षको अन्तरालमा लाग्ने गढीमाई मेलामा श्रद्धालुहरुको दर्शन गर्ने क्रम बढ्दो छ । मंसिर महिना भरि लाग्ने मेलामा मंगलबारदेखि पशुवली सुरु भएको छ । तिथिअनुसार मार्ग शुक्ल सप्तमीका दिनदेखि मन्दिरमा पशुबलि सुरु हुन्छ । गढीमाई मेलामा आफूले भाकल गरेको र मनोकामना पूरा भएको भन्दै नेपाल र भारतका विभिन्न ठाउँबाट राँगा, बोका तथा परेवा बलि दिनका लागि नेपालकका साथै भारताका हजारौँ सङ्ख्यामा भक्तजन मेला स्थलमा पुग्ने गर्दछन् ।

मन्दिरका मूल पुजारी शिव चौधरीले तान्त्रिक विधिद्वारा सेतो मुसा, परेवा, हाँस, सुँगुर र राँगाको पञ्चबलि दिएसँगै सर्वसाधारणले राँगा बलि दिन सुरु गर्दछन्  । हिन्दू संस्कृतिमा पशुबलिलाई शक्तिसँग जोडेर हेर्ने परम्परा छ । मन्दिरका पुजाँरी चौधरीका अनुसार मन्दिरमा विधिवत पुजाँ गरिन्छ । मनोकामना पुरा हुने जनविश्वासका कारण भक्तहरुको भिड मेलामा लाग्ने गर्दछ । गढीमाईमा बलि दिदा र दिए पछिको बलिमा झीगां वस्दैन भन्ने मान्यता समेत रहेको छ ।

गढीमाईमा मंगलबार एकैदिन करिब १० हजार राँगाको बलि दिइएको छ ।
बुधबार बेलुकासम्म करिब १५ हजारको हाराहारीमा राँगाको बलि चढ्ने अनुमान समितिले गरेको छ ।
मेला व्यवस्थापन समितिले बलिका लागि राँगा राखिएको बधशालामा पत्रकारलाई प्रवेश निषेध गरेको छ । सर्वोच्च अदालतले बलि प्रथालाई निरुत्साहित गर्न आदेश दिएपश्चात् समितिले पत्रकारहरूलाई बधशालामा फोटो खिच्नलाई बन्देज लगाएको हो ।

बलि चढेका राँगाको टाउँको भने समितिले खाल्डोमा पुरी व्यवस्थापन गरेको छ । सिनो कसले उठाउने भन्ने विषयमा विवाद थियो ।
तर सिनो स्थानीय बासिन्दालाई नै प्रसादका रूपमा दिने निर्णय गरिएको महागढीमाई नगरपालिकाका नगरप्रमुखउपेन्द्र यादवले बताए ।
बारा जिल्लाको महागढीमाई नगरपालिका अन्तरगत बरियारपुरमा मन्दिर रहेको छ । सो क्षेत्रको खुल्ला चउरमा राखिएको त्रिशूलबाट मानिसका शूल रूपी तीन ताप आध्यात्मिक, आदिर्दे्विक र आदिभौक्तिक नाश हुन्छन् भन्ने जनविश्वास छ। त्रिशूल स्थापना भएको दक्षिणतिर हाल देवीको मूर्तिसहित मन्दिर पनि देख्न सकिन्छ। मन्दिरबाट पूर्व(दक्षिणतिर पीपलबोटसँगै ब्रहृमाको स्थान पनि हेर्न लायक छ। पूर्व्तिर रहेका ब्रहृमास्थलबाट मार्ग शुक्ल सप्तमीका दिन सरसफाइ लिपपोत गरी गढीमाईलाई स्वागत गर्दै पाँचदिनसम्मको पूजा गरिसकेपछि अरूका लागि दर्शन खुला गरिन्छ। गढीमाईका पूजारी थारूजातिका छन्। गढीमाईको पूजाआजा गर्दा कङ्कालीमाई, जाखिनमाई, भक्तिमाईको पनि पूजा गरिन्छ । यो वर्ष ८० लाख भक्तहरुले दर्शन गर्ने बताइको छ ।

 

 

 

प्रतिकृया दिनुहोस