सेवामा नै आन्नद
जगदगुरु श्रीरामानन्दार्चाय सेवापीठ , हनुमान् मन्दिर परिसर वराहक्षेत्र चतराधाममा यसै वर्षको माघ २७ गते देखि फागुन ७ गतेसम्म श्री राम तारकबह्रम महायज्ञ लगाइदैछ । यो महायज्ञ नेपालमा नै पहिलो पटक लगाइएको र भारतमा भने ७०५ वर्ष अघि लगाइएको थियो
चतराधाम ,सुनसरी फागुन ३
,अन्तिम माघ मा त्यसै त जाडो हुने समय ,त्यसमाथि आकाशमा डम्ब बादल लागेकोले विहानी प्रहरमा चिसो थपिएको छ । ृतर त्यो चिसो को कुनै प्रवाह नगरी सेतोकुर्था पहेलो लगाएका केहि महिला बाटो बडारदै छन् । विहान उठ्ने वितीकै प्राय गृहणीका हातमा कुचो हुन्छ । घर मात्रै होइन नगर क्षेत्रका बाटो सफा गर्ने पनि धेरै महिला खटिएका हुन्छन् । नगरक्षेत्र सफा गर्न खटिएका महिलाले ज्याला पनि पाउछन् ।
पुर्वि नेपालको सुनसरी जिल्लामा रहको प्रसिद्ध चतराधाम माघको अन्तिम साता देखि श्री राम तारकबह्रम महायज्ञ लगाएको छ । सो महायज्ञमा पुगेको साधकहरुले महायज्ञको उद्घाटन पुर्व महायज्ञ परिसरमा सफा गरे । सो महायज्ञमा उनीहरुले सेवास्वरुप सफा गरेका हुन् । यस वापत उनीहरुले कुनै ज्याला पाउदैनन् तर पनि उनीहरु खुशी छन् । भगवान् को मन्दिरमा सेवा गर्न पाउदा उनीहरु गर्व महसुस गर्छन् । जगदगुरु श्रीरामानन्दार्चाय सेवापीठ , हनुमान् मन्दिर परिसर वराहक्षेत्र चतराधाममा यसै वर्षको माघ २७ गते देखि फागुन ७ गतेसम्म श्री राम तारकबह्रम महायज्ञ लगाइदैछ । यो महायज्ञ नेपालमा नै पहिलो पटक लगाइएको र भारतमा भने ७०५ वर्ष अघि लगाइएको थियो । विरलै हुने महायज्ञमा यज्ञकर्तामात्रै १२०० रहेका छन् भने सो महायज्ञमा सेवा गर्न देश विदेशबाट धेरै भक्तहरु आएका छन् ,।
काठमाडौ महानगरपालीका ९ पेप्सीकालाका चिना सुवेदी पनि सो महायज्ञमा सेवा गर्न १ महिना अघि चतरा आएकी हुन् । महायज्ञ परिसरमा आएपछि उनले यज्ञमण्डप लिप्ने ,बडार्ने , जस्तो काम आइपर्छ सबै गरिन् । पहिला उनी सर्लाही बस्थिन् ,। काठमाडौ आएपछि गोबर नछोएको १५ वर्ष भएछ उनले ,तर पनि यज्ञ मण्डप उनले गाईको गोबरले पोतेर सुन्दर बनाइन् । गाउँमा रहदा घर लिप्ने काम गाह्रो काम लाग्थ्यो उनलाई तर अहिले मन्डप लिप्दा भने आनन्द लागेछ उनलाई । उनि भन्छिन् “परमात्माको लागि काम गर्न पाउदा आनन्द लाग्ने रहिछ ”। महायज्ञमा आएपछि उनलाई घरतिरको पनि सम्झना नआएको बताइन् । उनको नातिको जन्मदिन माघ २५ गते परेको थियो । नातीको जन्मदिन पनि बुहारीले फोन गरेको सम्भाइएको चिनाले बताइन् । उनले थपिन् ५१ वर्षे चिनाको ३ छोरी र एक छोरा रहेका छन् । उनको श्रीमान् भने जागिरबाट रिटायर्ड भइसकेका छन् । अहिले उनीसगै श्रीमान् पनि महायज्ञमा नै सेवा गरिरहेका छन् । ठमाडौ कालीमाटीका पेशाले इन्जिनीयर रहिश जोसी पनि १ महिना देखि महायज्ञ परिसर चतरामा रहेर सेवा गरिरहेका छन् । उनले पनि महायज्ञ आइपर्ने सबै काम गर्न अघि सर्छन् , कहिले उनी खाध्यान्न ,पुजाँ सामाग्रीका लगायतका बोरा बोक्छन् त कहिले दाउरा मिलाउने पनि गर्छन् । उनलाई पनि आश्रमममा सेवा गर्न आनन्द लागिरहेको छ । २१ वर्षे रहिसले युवाहरुमा सेवाको भावना झन् धेरै हुने बताए ।
पोखराकी अस्मिता सुवेदी पनि यतिखेर चतराधाममा नै सेवामा जुटिरहेकीछिन् । महायज्ञ उद्घाटनको विहानी उनी भोजनको लाईन व्यवस्थित गराउन खटिएकी थिइन् । श्रद्धालुहरुलाई महिला र पुरुषको छुटाछुटै लाइनमा बसाउदै थिइन् उनी । स्नातक अध्यन गरदै गरेकी उनले पनि महायज्ञको सेवामा खटिन पाउद खुशी लागेको बताइन् ।
चिना ,अस्मिता र रहिस मात्र होइनन् थुप्रै युवा र अन्य महिला पुरुष हरु यतिखेर महायज्ञ परिसरमा स्वस्फुर्त रुपमा सेवामा खटिरहेका छन् । अदुभुत महायज्ञमा सेवा गर्न पाउदा उनीहरुले आनन्दको महसुस गरिरहेका छन् ।
कोही भोजन गृहमा ,कोही खाध्यान्न घरमा ,कोही यज्ञमण्डपमा विभिन्न काममा जुटिरहेका छन् । उनीहरु देख्दा लाग्छ ,
उनीहरुको त्यो नियमीत काम हो । उनीहरु वषौ देखि सोही काम गद्रै आएका छन् । तर उनीहरु कोही पढदैछन् छ ,कोही कुनै व्यवशाय त कोही कुनै पेशामा आवद्ध छन् । सबैजना नेपालमा नै पहिलो पल्ट हुन लागेको महायज्ञमा स्वंयम सेवी रुपमा सेवा गर्न चतराधाम आएका हुन् ।
महायज्ञ स्वयंसेवा युवा परिचालन समितिकी संयोजक सृष्टी अधिकारीले महायज्ञ उद्घाटन हुनुपुर्व नै स्वयंसेवकहरु मार्फत विभिन्न कार्यहरु भएको जनाइन् । उनका अनुसार यज्ञ शुरुहुनुभन्दा अघि युवासहित करिब ८० जना जति सेवामा खटेका थिए । उनीहरुलाई ५÷ ५ जना को समुह विभाजन गरि सेवामा लगाइन्थ्यो । अहिले २५० भन्दा बढि सेवा जुट्नु भएका साधकहरु हुनुहुन्छ , २५ ÷२५ जनाको समुह विभाजन गरिएको छ । लौन सेवामा लाग्नुस भन्दा पनि हामी सेवा गर्न चाहन्छौ भन्ने धेरै हुने गरेको संयोजक अधिकारीले बताइन् । सेवामा खट्नेहरु विहान ४.३० बजे देखि राति १२ बजेसम्म पनि महायज्ञमा आइपर्ने विभिन्न कामहरु गर्ने गर्छन् ।
संयोजक अधिकारीले सेवामा खट्नेहरु साधकहरु पनि भएकोले होला कसैले पनि कुनै काममा हेलचक्राई नगनै् बताइन् । तारकबह्रम महायज्ञ
रामानन्दाचार्य सेवापीठका पिठाधिस महायोगी सिद्धबाबा श्री श्री १००८ श्री वैण्णव कृष्णदास जी महाराजको सत्संकल्पमा नेपालमा नै पहिलो पल्ट हुदैछ । यतिखेर चतराधाममा १२०० साधकहरुले यज्ञमण्डपमा रहेर एकैचोटी हवन गरिरहेका छन् ।
यज्ञ अनुष्ठानमा गरिने काम (सेवा) पुजाँअर्चना गर्ने भन्दा पनि ठुलो पुण्य मिल्ने जनविश्वास त छदै छ ,सामुहीक रुपमा गरिने स्वयंसेवाले एकता ,आत्मियता र सहअस्त्विको भावना जनजनमा विकास गराउछ । वर्तमानको व्यस्त समयबाट फुसर्द निकालेर यस्ता कार्यमा सरिक हुन सके पछिल्लो समयमा मानवमा बढ्दै गएको नकारात्मक भावना हटन् सक्छ , मै खाउँ मै लाउँ सुखसयल मै गरु भन्ने भनाई पनि हराउन सक्छ .
प्रतिकृया दिनुहोस