यज्ञकुण्डमा एकैपटक १२०० सय साधक हवन गदै्
तारकबह्रम महायज्ञको संकल्पकर्ता रामानन्दाचार्य सेवापीठका पिठाधिस महायोगी सिद्धबाबा श्री श्री १००८ श्री वैण्णव कृष्णदास जी महाराज का अनुसार तारकब्रम्ह मन्त्र जप गरेर गरिने होम नै तारकब्रम्ह महायज्ञ हो । यो मन्त्र पौराणिक कालमा देवताले जप गर्ने गर्दथे ।
्मोहीनी निधी
धरान
नेपालमा नै पहिलो पटक श्री राम तारकबह्रम महायज्ञ पुर्वि नेपाल को प्रसिद्ध वराहक्षेत्र चतराधाममा चलिरहेको छ । महायोगी सिद्धवाबा आध्यिात्मि प्रतिष्ठान जगदगुरु श्रीरामानन्दार्चाय सेवापिठको आयोजनामा गत माघ २७ गते देखि सो महायज्ञ शुरु भएको हो । महायज्ञको राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहका विच गत शनिवार उद्घाटन गरिन् । सोही क्रमममा राष्ट्रपति भण्डारीले रामानन्द सेवापीठले निर्माण गरेका १२२ कोठे नव निर्मित अतिथी आवासगृहको उद्घाटन गर्नुका साथै हरित क्रान्ति अभियानको घोषण समेत गरिन् ।
र
महायज्ञको उद्घाटन कार्यक्रममा उनले चतराधाम मुलुकै उत्कृष्ट धार्मिक गन्तव्य भएको र रामनन्दाचार्य सेवापीठको सक्रियतामा भएको सो महायज्ञले वराहक्षेत्रको गरिमा बढाएको समेत बताइन् । ‘यहाँ जडिबुटी प्रशोधन केन्द्र बनाएर नेपाललाई चाहिने औषधी आफैँ बनाउन सकिन्छ ‘, राष्ट्रपति भण्डारीले भनिन् । सो क्रममा औषधी प्रजाती अगराको विरुवा वितरण समेत गरिएको थियो ।
कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बराहक्षेत्र प्रदेश नं १ को प्रमुख धार्मिक पर्यटकीय गन्तव्य भएकोले यसका लागि प्रदेश सरकारले पनि लगानी गर्न लागेको बताए । महायज्ञको उद्घाटन समारोहमा सो प्रदेश , क्षेत्र र स्थानिय तीनै तहका जनप्रतिनिधी , समाजसेवी धार्मिक तथा आध्यात्मिक जनहरुको उपस्थिती समेत रहेको थियो । महायज्ञमा भारतका विभिन्न क्षेत्रका जगद्गुरु, पीठाधीस र सन्तमहन्तहरु चतराधाम आएका आयोजनकले जनाएका छन् ।
यस नेपालमा नै पहिलोपटक र विश्वमा ७०५ वर्ष पछि हुन लागेको आयोजकको भनाई रहेको छ । तारकबह्रम महायज्ञको संकल्पकर्ता
रामानन्दाचार्य सेवापीठका पिठाधिस महायोगी सिद्धबाबा श्री श्री १००८ श्री वैण्णव कृष्णदास जी महाराज का अनुसार तारकब्रम्ह मन्त्र जप गरेर गरिने होम नै तारकब्रम्ह महायज्ञ हो । यो मन्त्र पौराणिक कालमा देवताले जप गर्ने गर्दथे । पछि पृथ्वी जगतको कल्याणका लागि ठूला महाराजाले यो यज्ञ लगाउने गरेका थिए । यो मन्त्रको जप गरेर होम गर्दा उत्पन्न धुवाँबाट वायुमण्डललाई शुद्ध बनाउने तत्वहरु उत्पन्न हुने गर्दछ ।
महायज्ञ परिसरमा खर ,वास लगायतको सामाग्रीबाट ९ तले यज्ञमण्डप बनाइएको छ जसमा
हवनका लागि विभिन्न १०८ कलात्मक शैलीका हवनकुण्ड पनि बनाइएका छन् । यही कुण्डमा १२०० साधकले यतिखेर शुद्ध आचरणमा बसि हवन गरिहरहेका छन् । यज्ञ समापनको दिनसम्म साधकहरुले १६ करोड हवानाचार्यसहित एक अर्ब ६० करोड पटक ‘तारकब्रम्ह मन्त्र’ जप गर्नेछन् । १४ करोडको लागतमा आयोजना भइरहेको महायज्ञको समापन एक विशेष समारोहका बिच फागुन ७ गते हुनेछ ।
प्रतिकृया दिनुहोस