नेपाली महिलाहरुको महान् पर्व वन्दै तीजपर्व
सृजना अर्याल
पृष्ठ भूमि ःतीज पर्व नेपाली महिलाहरुको महान् पर्व बनेको छ । यो पर्व नेपाली महिलाहरुको पहिचानको पर्व भएको छ । सामाजीक सास्कृतिक लगायतका विभिन्न विविधताले भरिएको नेपाल तीज पर्व जस्तै धेरै पर्व र सस्कृतिको अपार सगंम पनि हो तथापी महिलाहरुले मात्र मनाउने यो पर्व को आपने विशेषता छ । यो पर्व विगतमा विशेष गरि हिन्दु महिलाहरुले मनाउने गर्दथे । वर्ष दिनमा माइती घर जानको लागि यहि पर्व कुरी बस्ने गर्दर्थे । उनिहरुले यहि पर्वमा नयाँ कपडा पनि लगाउन पाउदथे । र यहि पर्वको अवसर पारेर घर र माइतीमा सहन परेको विभेद खोतल्दथे । यो पर्वको शिर भनेको नै गीत हो । यहि गीतको माध्यमबाट सामाजीक असामनताको चिरफार गर्देथे ।
समय सगसगै तीज पर्व मनाउने शैलीहरु मा परिवर्तन भएका छन् । तीज गीतका संदेशहरुले व्यापकता छरेको छ । यो पर्व वर्तमानमा सबैको नेपाली महिलाको गौरवको पर्व बब्दै गएको छ । देश विदेश मा रहने नेपाली महिला बिच यो पर्वले आत्मियता पनि थपेको छ , आपनो अधिकार पनि खोजेको छ र साथसाथै महिला हुनको गर्वको उद्घोष गरेको छ ।
तीज गीतको उत्पति र विकास
तीज पर्वको महत्व तीज गीतले नै बढेको हो । तीज भन्ने बितिकै तीज गीत नै सबैले समझ्न्छछौ । तीज गीत पनि लोक गीत कै एक विधा हो । यसलाई पर्व को अवसरममा गाउने भएको ले पर्र्व गीतको रुपमा लीइन्छ । यो समुहमा जम्मा भएर गाउने गरिन्छ । यो गीत पनि लोक गीत जस्तै गण्डकी अन्चल बाट नै शरु भएको पाइन्छ । र समय सगसगै यो गीतले पश्चिम नेपाल हुदै पुर्वि नेपालमा पनि ठाउँ लिन पुग्यो र । सञ्चार को विकास सगसगै यसले वर्तमान मा धेरै व्यापकता पाएको छ । यो पर्व नेपालमा मात्र नभएर विदेशमा बस्ने नेपाली हरुका बिच पनि महत्वपुर्ण पर्व बनेको छ ।
नारी स्वतन्त्रताको पाटो तीज पर्व
धार्मिक मान्यता अनुसार नै भन्ने हो भने पनि यो पर्व प्राचिन समय देखि नारी विद्रो ह को पर्व थियो । यो पर्व सगँ जोडिएको धार्मिक पक्ष कुरा गर्ने हो भने पनि तत्कालीन समयमा पावर्तीले आपनो अधिकारको लागि अभियान गरिन् भलै त्यो अभियान पुजाँपाठको थियो , वर्तको थियो तर सुक्ष्म रुपमा त्यो बहाना रुपी अभियान बाट उनले मन परेको श्रीमान रोजेकि थिइन् । नीराहर वर्त त्यस अभियानको अनसन थियो धार्मिक मान्यताका आधारमा भन्ने हो भने पनि पार्वर्तिले विद्धोह मार्फत नै तीज सस्कृतिको विकास गरेकि थिइन् भन्न सकिन्छ । उनले आफुले मनपराएको वर शिव का लागि वर्त रुपी अनसन बसेकि थिइन् । निराहार अनसन पश्चात नै उनले शिवलाई पतिको रुपमा पाएकी हुन् । तर पुरुष मानसिकताले लेखिएका पुराणहरुले तत्कालित परिवेशलाई तोरमरोड गरेका ले पति कामनाकोे वर्त सस्कार परम्पराले मान्यता पायो । वर्तमानका नेपाली महिलाले यो बुझन् जरुरी छ । अभियानको सफलता सगै उनले साथी संगी भेला गराएर गीत गाइन् र नाचिन् । उनले त्यो रमाइलो गरिरहदा उनका बुबाले विवाह गर्न रोजेको विष्णु ले समेत ताली पिटेका थिए रे । उनले नाच्दा विष्णु –हरी ले समेत ताली बजाएकोले यस पर्वलाई हरितालीका पनि भन्निछ भन्ने धार्मिक मान्यता रहेको छ । सस्कृतमा तीजलाई हरितालीका भन्ने गरिन्छ । तर त्यस भनाइसगँ पनि सहमत हुने आधार छैन । यो पर्व मा महिलाको मात्र संलग्न रहने पर्व हो । केहि वर्ष अघि सम्म पनि यो पर्व पुरुषले गाउदै न थे । न त ताली नै बजाउथे । नाच्ने गाउने , ताली बजाउने सबै महिला नै हुने गर्देथे । धार्मिक पाटो अनुसार नै पावर्तीलाई शिवले तपस्या गरेको ठाउँमा माइतिघर बाट साथीहरुले हरण गरेर लगेका थिए । र उनले त्याहा नै निराहर वर्त बसी शिव समक्ष आपनो माग राखेकि थिइन् । त्यसैले यो पर्व प्राचिन का ल देखि नै नारी हक र अधिकारको पर्वको रुपममा लिने गरिन्थ्यो र आज पनि छ । विगतमा बुहारीलाई परिवारको सदस्यका रुपमा भन्दा पनि घरका काम गर्ने मान्छेको रुपमा हेरिन्थ्यो । उनीप्रति परिवारका कुनै सदस्यहरूले माया र आत्मीयता दर्शाउँदैन थिए । बुहारीलाई खाली कर्कस गरिन्थ्यो, दुःख र पीडा दिइन्थ्यो । तसर्थ आफूले वर्षभरी भोगेका ती दुःख र पीडाहरूलाई व्यक्त गर्ने माध्यम भनेको चेलीहरूका लागि तीज नै थियो ।
प्रतिकृया दिनुहोस