अन्डा धेरै खाँदा हुनसक्छ यस्तो समस्या

काठमाडौं । हामीले खाने खानेकुराहरूमध्ये धेरै मात्रामा खाइने चिज हो अण्डा । जुन पौष्टिक तत्त्वले भरिपूर्ण हुन्छ । ब्रेकफास्ट होस् वा दिउँसोको खाजा, धेरैको रोजाइमा पर्ने खानेकुरा हो, अण्डा । 

अण्डामा धेरै किसिमका भिटामिन तथा खनिज पाइने हुँदा यसलाई सुपर फुड पनि मानिन्छ । यसकारण अण्डा स्वास्थ्यका लागि धेरै फाइदाजनक मानिन्छ ।

यसमा प्रोटिन, भिटामिन डी, भिटामिन बी १२ र हेल्दी फ्याट पाइन्छ । यति धेरै पोषक तत्व भए पनि धेरै अण्डा सेवन गर्नु पनि स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । यसमा कोलेस्ट्रोल उच्च हुन्छ र अण्डाको प्रभाव तातो हुन्छ । 

त्यसैले सीमित मात्रामा अण्डा खानु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । मुटु रोगीलाई पनि धेरै अण्डाको सेवन गर्न निषेध गरिएको छ । कुनै पनि रोग वा समस्या भएका व्यक्तिले चिकित्सकको सल्लाहबिना अण्डा खानु हुँदैन ।

अण्डा धेरै खाँदा पखाला पनि लाग्न सक्छ । यसले शरीरलाई निकै कमजोर बनाउँछ । त्यसैले एकै पटक धेरै अण्डा खानु हुँदैन । अण्डा बढी खाँदा पाचन प्रणालीमा प्रत्यक्ष असर पर्छ, जसले कब्जियत हुन सक्छ कतिपय अवस्थामा पेट फुल्ने, पेटमा जलन हुने र ग्यासको समस्या हुने सम्भावना हुन्छ ।

अण्डाको पहेँलो भागमा हेल्दी फ्याट पाइन्छ । यो स्याचुरेटेड फ्याट जत्तिकै हानिकारक हुँदैन । तर उच्च कोलेस्ट्रोलको समस्या भोगिरहेकाहरूले अण्डा कम खानुपर्छ ।

यदि एक स्वस्थ वयस्कले दैनिक एक अण्डा खान्छ भने, त्यो उनको लागि पर्याप्त छ । तर धेरै कुरा व्यक्तिको शरीर र जीवनशैलीमा पनि निर्भर गर्छ ।

यदि कुनै रोग छैन भने तीन वटा अण्डा पनि खान सकिन्छ । भारी व्यायाम गर्ने मानिसहरूलाई बढी प्रोटिन चाहिन्छ, यस्तो अवस्थामा उनीहरूले अण्डाको मात्रा बढाउन सक्छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भोलिदेखि सोह्र श्राद्ध शुरु हुँदै

काठमाडौं ।  यो वर्षको सोह्र श्राद्ध भोलि (बुधबार)देखि शुरु हुँदैछ। चलनमा रहेको पञ्चाङ्ग (पात्रो) ...