मोहीमा मह मिसाएर पिउनुहोस्, हुन्छन् यति धेरै फाइदा

काठमाडौं । यतिबेला गर्मी मौसम चलिरहेको छ । यस्तोमा सबैलाई चिसो चिज धेरै खान मन लाग्छ । यसकारण हामी कोक,फ्यान्टा,ड्युउ लगायत चिसो मोही पनि धेरैलाई मन पर्छ । तर गर्मीमा अन्य चिसो पेयपदार्थहरू भन्दा मोही स्वस्थकर हुन्छ । 

अझ , मोहीमा एक चिज मिसाएर खानुभयो भने त्यो स्वास्थ्यका लागि अझै धेरै फाइदाजनक हुन्छ । मोहीमा मह मिसाएर पिउनुभयो हुने निकै स्वास्थ्यलाभहरु मिल्छ । 

मोहीमा मह मिसाएर पिउँदा हड्डीलाई स्वस्थ राख्न सकिन्छ । यो मिश्रणमा भरपूर मात्रामा क्याल्सियम हुन्छ जसले हड्डी बलियो बनाउने काम गर्छ । मोहीमा मह मिसाएर पिउँदा एसिडिटीको समस्याबाट पनि राहत दिन्छ । 

यसमा हुने तत्त्वहरू एसिडिटी कम गर्न सहयोगी हुन्छन् । डिहाइड्रेशनको समस्या छ भने मोहीमा मह मिसाएर पिउन सक्नुहुन्छ । यसो गर्नाले शरीर हाइड्रेट रहन्छ । मह र मोहीमा पाइने तत्त्वले पाचनलाई पनि राम्रो बनाउँछ ।

जसले गर्दा पेटसँग जोडिएका समस्या कम हुन्छन् । शरीरबाट टक्सिन बाहिर निकाल्न पनि मोहीमा मह मिसाएर पिउन सक्नुहुन्छ । यसले शरीरलाई डिटक्स गर्ने काम गर्छ । 

मोही र महमा भरपूर मात्रामा एन्टीअक्सीडेन्ट गुण हुन्छन् । यस्तोमा यो मिश्रणको सेवनले इम्यूनिटी बढाउँछ र रोग लाग्न दिँदैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भोलिदेखि सोह्र श्राद्ध शुरु हुँदै

काठमाडौं ।  यो वर्षको सोह्र श्राद्ध भोलि (बुधबार)देखि शुरु हुँदैछ। चलनमा रहेको पञ्चाङ्ग (पात्रो) ...