आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौँ । "आफू र समाजका लागि योग" भन्ने नाराका साथ आज १० औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै छ।संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो।

 सत्ययुग, त्रेतायुग र वर्तमान २१ सौं सताब्दिमा आएर पनि योगको महत्व अझ धेरै बढेको पाइन्छ। सबै धर्म सम्प्रदायका ब्यक्तिहरुले योगलाई आफ्नो आफ्नो तरिकाबाट प्रयोग गर्ने  गर्दछन। त्यसैले पनि योग सबैको सार्वजनिक विज्ञान हो।

पूर्विय चिकित्सा विधाको योग अहिले आएर अमेरिका तथा युरोपियन देशहरु सबैको  लागि चासोको विषय बन्दैछ। त्यसैले योगलाई २१ सौं सताब्दिमा सबैको साझा विषय बनाएर अध्ययन गरिँदै छ। सर्वप्रथम त आफूले योग गरौ अनि त्यो सन्देश समाजका लागि दिउँ भन्ने आदर्श वाक्य अहिले आएर व्यापक र बिस्तार हुँदै छ।

वैदिककालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्त प्रायः बनेको थियो। यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम सुरु भएको हो।

प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यता प्राप्ति हुन्थ्यो। आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

के हो पितृपक्ष ? हामिले दिएको पिण्ड पितृहरूले कसरी प्राप्त गर्दछन !

काठमाडौं । २०८१ साल आश्विन २ गते बुधबार भाद्रशुक्लपक्ष पूर्णिमा तिथी प्रात: ८ / ४३ वजेसम्म त्यस उ...