आज प्रदोष व्रत

काठमाडौं । प्रदोष व्रत भगवान् शिवलाई समर्पित एक पवित्र व्रत हो। त्रयोदशी तिथिको साँझ कैलाश पर्वतमा अवस्थित आफ्नो रजत भवनमा भगवान् शिव नाच्ने जनविश्वास छ । यस दिन भगवान शिवले आफ्ना भक्तहरूको सबै मनोकामना पूरा गर्नुहुन्छ।

यो व्रत अत्यन्त शुभ र भगवान् शिवको आशीर्वाद प्रदान गर्दछ। यस व्रतको प्रभावले सबै प्रकारका दोष र कष्टहरू हट्छन् ।त्रयोदशी तिथिलाई भगवान् शिवको आराधनाका लागि उत्तम मानिन्छ । यस दिन भगवान शिवको विशेष पूजा गरिन्छ।

प्रदोष व्रत चन्द्रमासको दुवै त्रयोदशीमा मनाइन्छ, एउटा शुक्ल पक्षमा र अर्को कृष्ण पक्षमा। शास्त्रका अनुसार प्रदोष अवधि सूर्यास्तदेखि दुई घण्टासम्म रहन्छ । यो दिन र रात मिलन को समय हो।यस्तो अवस्थामा यो समय निकै राम्रो मानिन्छ ।

प्रदोष कालमा भगवान् शिवको आराधना पुरा गर्नु आवश्यक छ । यस दिन बिहान स्नान गरी बेलपत्र, गंगाजल, अक्षत, धूप दियोले भगवान शिवको पूजा गर्नुहोस् ।

साँझ फेरि स्नान गरेपछि त्यसै गरी भगवान शिवको पूजा गर्नुहोस्। प्रदोष कालमा घ्यूको दियो बाल्ने । प्रदोषको समयमा भगवान शिवको पूजा नगरी भोजन नगर्नुहोस् । पूजा गरेपछि फलफूल खान सकिन्छ तर नुन खान बन्चित गरिएकाे छ । प्रदोष व्रतको उदयपन त्रयोदशी तिथिमा मात्र गर्नुपर्छ ।

प्रदोष व्रत कहिले गर्ने ?
प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।

प्रदोषमा के नगर्ने ?
प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।

प्रदोष व्रतमा पूजा गर्दा थालमा के-के राख्ने ?
पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।

प्रतिकृया दिनुहोस