सावधान ! चिया पिएपछि भुलेर पनि सेवन नगर्नुहोस् यी चिज

काठमाडौँ । बिहान उठ्नासाथ चिया पिएर हामी हाम्रो दिनको सुरुवात गर्छौ । कतिपयलाई त चियाको लत नै लागेको हुन्छ । चिया पिउनाले हाम्रो शरीरमा ताजगी महसुस हुन्छ । हामी हाम्रो कामको थकान मेट्नलाई पनि चिया पिउने गर्छौ । 

अझ बिहान हामी चियासँग नास्ता पनि गर्ने गर्छौ । तर कहिलेकाहीँ यस्ता चीजले हाम्रो शरीरमा हानी पुर्‍याउन सक्छ । आज हामी यस्तो चीजको बारेमा जानकारी दिन चाहन्छौ, जुन कुरा चियासँग सेवन गर्नुहुँदैन । यदि यस्ता चिजहरू सेवन गरेमा गम्भीर  हानी पनि हुनसक्छ । 

–खाली पेटमा चिया पिएपछि भिजेको चना खानु हुँदैन, अन्यथा हाम्रो शरीरमा सेतो दागहरू देखा पर्दछ ।

–दूधको चिया पिएपछि माछा खानुहुँदैन नत्र यसले हाम्रो शरीरलाई कमजोर बनाइदिन्छ ।

–दूधको चिया पिइसकेपछि हामीले कहिल्यै कागती खानु हुँदैन नत्र यसले हाम्रो पेटमा विष दिन्छ ।

–चिया पिइसकेपछि पनि हामीले बेसनको पिठो केही परिकारहरू कहिल्यै खानु हुँदैन यसले हाम्रो कपाल धेरै चाँडै सेतो बनाइदिन थाल्छ ।

–तातो चिया पिउने बित्तिकै पानी पिउनु हुँदैन, तातो चिया पिउनसाथ चिसो पानी पिउनाले स्वास्थ्यमा धेरै हानी पुग्न सक्छ । चिया पिउने बित्तिकै तुरुन्त पानी पिउनाले हाम्रो नाकबाट रगत पनि आउन सक्छ ।

–यदि चिया पिएपछि बेसार भएको दूध पिएमा जन्डिस रोग लाग्न सक्छ । यसकारण चिया पिएपछि बेसार हालेको दूध पिउनबाट बच्नु पर्छ ।

–हरियो सागपातहरूमा अत्यधिक मात्रामा आइरन पाइन्छ र चियामा ट्यानिन पाइन्छ । त्यसैले हरियो सात तथा तरकारी खाएपछि चिया पिउनु हानिकारक हुन सक्छ । यसले शरीरमा एसिड बन्ने खतरा हुन्छ जसले गर्दा आइरन पचाउन पनि बाधा आउन सक्छ ।

–कतिपय मानिसलाई खाना खाएपछि तुरुन्त चिया पिउने बानी हुन्छ । तर यस्तो बानी पाचन तन्त्र कमजोर हुन्छ । साथै रक्तचाप बढ्ने समस्या पनि हुन सक्छ साथै पेटसँग जोडिएका समस्या पनि हुन सक्छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज जितिया पर्व, यसरी मनाउँदैछन् चितवनका थारू महिलाहरुले जितिया

चितवन । थारुहरुको बाक्लो बसोबास रहेको चितवनको पूर्वी क्षेत्र, पश्चिम र माडी क्षेत्रमा जितियाको वि...