बिरेनुनको सेवनले मिल्छ यति धेरै स्वास्थ्यलाभ

काठमाडौं । बिरेनुन हामी सबैको घरमा हुन्छ । यसलाई हामीले अपच हुँदा वा केही खानेकुरासँग प्रयोग गरिरहेका हुन्छौँ ।

यसले अपचका साथै अन्य धेरै कुरामा पनि फाइदा पुर्‍याउँछ । अनुसन्धानले के देखाएको छ भने विभिन्न रोग निको पार्न बिरेनुन संसारमा सबैभन्दा उत्तम नुन साबित भएको छ ।

चना चटपटे, पानीपुरी, समोसाको अचार लगायतका चटपटे स्वादका खानेकुरामा यसको प्रयोग गरिन्छ ।

बिरेनुनका फाइदाहरु

–बिरेनुनको नियमित सेवनले बाथ, पित्त र कफलाई नियन्त्रणमा राख्ने काम गर्छ । यसमा सोडियमको मात्रा कम हुने भएकाले उच्च रक्तचापका बिरामीलाई पनि अर्को नुन भन्दा लाभदायक हुन्छ । 

–बिरेनुनले पेटमा भएका विषाक्त तत्त्वलाई बाहिर निकाल्ने काम गर्छ । जसले गर्दा ग्यास्ट्रिक, कब्जियत, अम्लीयपनलगायत समस्याबाट छुटकारा मिल्छ ।

–बिरेनुनमा प्रशस्त मात्रामा सल्फर, आइरनलगायत शरीरलाई आवश्यक खनिज तत्त्व हुन्छन् । जसका कारण मोटोपना, खराब कोलस्ट्रोल, श्वासप्रश्वाससम्बन्धी समस्याबाट बचाउने काम गर्छ ।

–यसले छालालाई नरम, स्वस्थ, सुन्दर राख्न पनि मद्दत गर्छ । यसको सेवनले कुष्ठरोग, दाद वा छालासम्बन्धी रोगबाट समेत टाढा रहन सकिन्छ ।

–यो सजिलै शरीरमा समायोजन हुनसक्ने भएकोले यसले डिहाइड्रेशनबाट बचाउँछ । शरीरमा पानीको मात्राको पूर्ति गर्नुका साथै शरीरमा स्फूर्ति ल्याउन भूमिका खेल्छ । 

–बिरेनुनले रगतमा चिनीको मात्रा पुरा गर्नुका साथै शरीरमा चिनी रोगको विकास हुन दिँदैन । यसले पाचन प्रक्रियामा सुधार ल्याउँछ ।

–यसले कलेजो तथा किड्नीलाई बलियो बनाउँछ । साथै पिनास, घाँटी दुखेको तथा दम रोगमा यसको धुलो सुँघेमा रोग निदान हुन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज जितिया पर्व, यसरी मनाउँदैछन् चितवनका थारू महिलाहरुले जितिया

चितवन । थारुहरुको बाक्लो बसोबास रहेको चितवनको पूर्वी क्षेत्र, पश्चिम र माडी क्षेत्रमा जितियाको वि...