तीजको दर र नाचगान कार्यक्रम भएनन् ः पूजाआजा र आफन्ती कै बिच मनाइयो तीज

काठमाडौं ,भदौ ३१ । नेपाली  महिलाहरुको महान पर्व हरितालिका तीज यस वर्ष उल्लास र उमङ्गविना नै सम्पन्न भएको छ। हरेक वर्ष रातो साडी, मादलको ताल र दरको रौनकले छपक्कै छोपिने तीज पर्व यस वर्ष भने भोटेकोशीको बाढीको  पिडाका कारण पुजाआजा गर्दे आफन्तीसगँ मात्र नेपाली महिलाले मनाएका छन् । 
गत भदौ १० गते  रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पु¥याएपछि यस वर्षको तीज पर्व देशभर नै घरपरिवारमा सीमित भएर मनाइएको हो।
भदौ २८ गते शनिबार दर खाने दिनबाट सुरु भएको तीज पर्व भदौ २९ गते आइतबार मुख्य हरितालिका तीज र भदौ ३० गते सोमबार ऋषि पञ्चमीसम्म मनाइएको छ। तर यस वर्ष अघिल्ला वर्षहरुमा जस्तो कतै पनि सामूहिक दर खाने कार्यक्रम, सार्वजनिक मञ्चमा नाचगान र शुभकामना आदानप्रदान कार्यक्रम देखिएन।
बाढीले लुट्यो तीजको रौनक
भदौ १० गते विहान  आएको बाढीले रसुवाको टिमुरो , स्याप्रुवेसी , वेत्रापवती हुदै नुवाकोट ,धादिगं त्रीशुली नदीको करीडोरका बजारहरु बाढीले बगाएको थियो । 
मठमन्दिरमा पनि देखिएन भिडभाड 
पशुपतिनाथ , टेकुको ऋषेश्वर सगै देशका विभिन्न ,मठमन्दिर शिवालय  चोकहरुमा  यस वर्ष तीजको बेला अघिल्ला वर्षको तुलनामा कम भीड देखिएको थियो। अधिकाशं  महिलाहरुले घरमै बसेर निराहार व्रत बसी शिव–पार्वतीको पूजा आराधना गरेका थिए।



प्रतिकृया दिनुहोस