आजको पञ्चाङ्ग सहितको राशीफल
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष - ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिस्थिति अनुकूल रहनाले लक्ष्यप्राप्ति हुनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। अध्ययनमा प्रगति हुनेछ भने लेखनकलामा निखारता आउनेछ। उपहार र खानपानले दिन आनन्दमय रहनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउने मौका छ। सेवामूलक कामले नाम, दाम र प्रतिष्ठा दिलाउनेछ।
वृष - TAURUS
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला। अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। अरूको करकापमा परेर निर्णय लिनुपर्ने परिस्थिति आउन सक्छ। समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ। आफन्तबाट टाढिनुपर्ने परिस्थिति रहनेछ। खर्च लागे पनि गरेका कामबाट तत्काल फाइदा नहुन सक्छ।
मिथुन - GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, हा
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाट नाफा उठाउन सकिनेछ। परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन्। व्यापार तथा साझेदारीमा मनग्य लाभ हुनेछ। महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ। उठ्नुपर्ने रकम हातलागी हुनेछ र पछिका लागि लगानी गर्न सकिनेछ।
कर्कट - CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ। परिश्रम परे पनि समय फलदायी रहनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ।
सिंह - LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परिस्थितिवश केही समस्यामा अल्झनुपर्ने देखिन्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। तत्काल फाइदा नहुने काममा जुट्नुपरे पनि उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। स्वास्थ्य कमजाेर रहनेछ, खानपानमा सजग रहनुहोला।
कन्या - VIRGO
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
अस्वस्थताले काममा बाधा पुग्न सक्छ। साथ दिनेहरू नहुँदा आफैं काममा जुट्नुपर्ला। बाध्यात्मक परिस्थितिले अप्ठ्यारो पार्न सक्छ। सामान्य काममा धन र श्रम समेत खर्च हुनेछ। गोपनीयता बाहिरिनाले पनि केही समस्या पर्न सक्छ। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। स्वास्थ्यका लागि आहारविहार र व्यायाममा विशेष ध्यान पुर्याउनुहोला।
तुला - LIBRA
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
तारिफयाेग्य पहिरन, व्यक्तित्व र कामले चर्चित भइनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। आफन्तकाे स्नेह, सत्कार तथा सम्मान प्राप्त हुनेछ। विशेष उपहार पाइनेछ। प्रयत्न गर्दा दिगाे फाइदा हुने काम थालनी हुनेछ।
बृश्चिक - SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थले शत्रुको मनोबल कमजोर पार्न सकिनेछ। पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन्। दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। खर्च लागे पनि हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ।
धनु - SAGITTARIUS
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। प्रयत्न गरेका काम मुस्किलले सम्पादन हुनेछन्। वादविवादमा परिनाले सेवामूलक काम बीचैमा रोकिन सक्छ। आफ्ना काममा अरूको मुख ताक्ने बानीले पनि पछि परिनेछ। मिहिनेतको उचित मूल्यांकन नहुँदा प्रतिफल हातपार्न समय लाग्नेछ।
मकर - CAPRICORN
भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। सनोतिनो कमजोरीले अल्झाउन सक्छ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। वादविवादबाट जोगिने प्रयत्न गर्नुहोला।
कुम्भ - AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा फाइदा हुनेछ। आफन्तले उत्साह जगाउनेछन् र दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। टाढिएका साथीभाइ नजिकिनेछन्। मिहिनेत गर्दा जटिल काम समेत बन्नेछ।
मीन - PISCES
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
सुरुमा आशा देखाउनेहरूले अन्त्यमा धोका दिनेछन्। अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। मानसम्मानमा बाधा पुग्नेछ। बेसुरमा बोल्ने बानीले दु:ख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। विचारलाई तौलेर मात्र व्यक्त गर्नुपर्ला। बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ। अवसर प्राप्त भए पनि साेचेकाे फाइदा भने नहुन सक्छ।






प्रतिकृया दिनुहोस