भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद्देवीभागवत महायज्ञमा २१ लाख  सहयोग रकम संकलन भएको छ । फागुन २ गते बाट शुरु भएको सो महायज्ञको आईतवार एक समारोहका विच समापन गरिएको छ ।
गण्डकी प्रदेशसभा सदस्य अशाक कुमार श्रेष्ठले सो देवीभागवत महायज्ञको समापन गर्नुभएको हो  । समापनका क्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी श्रेष्ठले ऐतिहासीक भैरवी मन्दिर परिसरमा महायज्ञ आयोजना गरिनुले प्रशंशनीय कार्य भएको भन्नुहुदै यस्ता कदमले मन्दिर संरक्षणमा टेवा पुग्ने बताउनु भयो । मन्दिर संरक्षण अभियानमा आफूले पनि सहयोग गर्ने बताउदै महायज्ञका वाचक बालिकाहरुको  वाचनकलाले आफू प्रभावित भएको भनाई राख्नु भयो । 
श्रीमद् देवी भागवत महायज्ञ मुल आयोजक समिति वाह्विसे भैरवीमन्दिर को आयोजनामा भएको महायज्ञको स
मापन कार्यक्रम
महायज्ञ मूल समारोह समितिका संयोजक रामबहादुर अधिकारी, बारेमा, महायज्ञका सहसंयोजक एवं श्रीराम जान राम जानकी बालिका आश्रमका महासचिव रामेश्वर खनाल, कोषाध्यक्ष  छविलाल अधिकारी , सहकोषाध्यक्ष गोवीन्द पौडेल ,महायज्ञ प्रचारप्रसार समितिका संयोजक नगेन्द्र थापा , वडा ४ का सदस्य तिला वसेल लगायतले बोल्नुभएको थियो । महायज्ञ कार्यक्रम स्थलमा नै जन्मस्थान रहनुभएको हाल भरतपुर ४ चितवन निवासी धार्मिक तथा सामाजिक व्याक्तित्व भक्त वहादुर थापा र उहाँको श्रीमती मिना थापाको  प्रयासमा त्यस क्षेत्रमा देवीभागवत महायज्ञको आयोजना गरिएको हो ।कार्यक्रममा सबैभन्दा धेरै आर्थिक सहयोग भानु ४ गोगनपुरका विष्णुमाया खत्रीले १ लाख १२ हजार  १ सय ७० रकम सहयोग गर्नुभएको छ । 
महायज्ञको प्रमुख वाचक देवघाटधाम स्थित रामजानकी बालिका आश्रमकी चर्चित भागवतवाचक उमामहेश्वरी रहनुभएको थियो भने उपवाचकमा भने आश्रमकै शास्त्री तहमा नै अध्यनरत सुनीता बटाला , तुलसा लोककल्याणी रहनुभएको छ  ।
छोरीहरुले  देवी भागवत वाचन गरिएको भन्दै टाढाका भक्तहरु पनि महायज्ञ परिसरमा हिड्दै आउनु भएको थियो ।  कार्यक्रमको आठौ दिनमा कार्यक्रम स्थल पुग्नुभएको रामजानकी  बालिका आश्रमका अध्यक्ष सावित्री टन्डनले छोरीहरुले  प्रवचन गर्ने यस्ता समुदायस्तरका महायज्ञले समाज रुपान्तरणमा टेवा पुगेको बताउनु भयो ।  , यस महायज्ञले चुदी रम्घा क्षेत्रको पर्यटन प्रवद्र्धन टेवा पुगेको  , जनजनमा आध्यात्मिक जागरण भएको आयोजकको विश्वास छ  । 
आदीकवि भानुभक्त को जन्मस्थान चुदी रम्घा कै सानिध्यमा भैरवी मन्दिर मन्दिर परिसरमा आयोजित महायज्ञ अवधिभर दशनार्थीहरुको घुइचो लागेको थियो ।  मन्दिरको भौतिक संरचनाका साथै रामजानकी बालिका आश्रमको लागि महायज्ञमा संकलन भएको रकम  खर्च गरिने आयोजकले बताएको छ । 
सो  महायज्ञको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले उद्घाटन गरेका गर्नुभएको थियो ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

भैरवीमन्दिरमा लगाईएको देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

तनहुँ,१२ फागुन । तनहुँ को भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद...