वैदिक स्मृति गुरुकुलमा वाषिकोत्सव विशेष प्रतियोगीता सम्पन्न ,

फागुन २,गुञ्जनगर । पश्चिम चितवनको गुञ्जनगरमा रहेको एकमात्र गुरुकुल परमानन्द स्मृति वैदिक विद्याभवन गुरुकुलमा विभिन्न प्रतियोगीता सम्पन्न गरिएको छ । विद्यालयको २८ औ वार्षिकोत्सवका अवसरमा आयोजीत ४ दिवसीय कार्यक्रम अन्र्तगत शुक्रवार आमा समूह बिचको  हाजिरीजवाफ तथा अन्तरविद्यालय भलिवल खेल प्रतियोगीता सम्पन्न गरिएको हो ।
विद्यालय परिसर भरतपुर १८ गुञ्जनगरमा आयोजीत भलिवल खेल प्रतियोगीतामा गुञ्जनगर मा.विले प्रथम स्थान हासिल गरेको छ , भने , भिमनगर मा.वीले दोस्रो तथा मिलन ईङलिस बोडिङ स्कुल काले तेस्रो स्थान हासिल गरेका  छ
न् । यसै क्षेत्रका ५  विद्यालयका छात्रहरुले सो भलिवल प्रतियोगीतामा  सहभागीता जनाएका थिए । यसैगरी आज नै भएको आमा समूहबिचका हाजिरीजवाफ प्रतियोगीतामा भने चन्द्रज्योती आमा समूह प्रथम हुन सफल भएको छ । यसैगरी जयवुद्ध आमा समूह दोस्रो , संरक्षण आमा समूहले तेस्रो स्थान हासिल गरेका छन् । कुल ९ समुह सहभागी सो प्रतियोगीतामा उद्यमशिल आमा समूहले सान्तवना स्थान हासिल गरेको छ  । कार्यक्रम  ईलाका प्रहरी कार्यलय चितवनका प्रमुख प्रहरी निरिक्षक कल्पना सापकोटाको  प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो क्रममा बोल्दै प्रमुख अतिथी सापकोटाले घरेलु हिसां सहन नहुने भन्दै यस्ता घटना भएका पिडितलाई न्याय दिन लाग्नुपर्ने बताईन् । उनले आफ्नो वरपर भएका हिसांका घटना प्रहरीलाई जानकारी गराउन गराउन समेत अनुरोध गर्नुभयो ।  
विद्यालय सञ्चालक समितिका अध्यक्ष श्री लाल अधिकारीको  अध्यक्षतामा भएको सो कार्यक्रम उद्घाटनसत्रको सहजीकरण कार्यक्रम संयोजक हरिकला सापकोटा गरेकी थिइन् । गुरुकुलका प्राचार्य ज्ञान प्रसाद भुर्तेलले स्वागत मन्त्वय दिनुभएको सो उद्घाटन समारोहमा गुरुकुल विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमनाथ सुवेदी , सल्लाहाकार सदस्य विण्णुमाया अर्याल लगायत विभिन्न महानुभावहरुको उपस्थिती रहेको थियो ।  गुरुकुलको वाषिकोत्सवका अवसरमा आईतवार परेको महाशिवरात्रीका अवसरमा सामूहिक रुद्धाभिषेक कार्यक्रम समेत आयोजना गरिएको गुरुकुलका शिक्षक सन्देश सापकोटाले बताए । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

राष्ट्रिय भजन प्रतियोगीतामा रामजानकीका बालिका प्रथम

 । पूर्वी चितवनको  माधवपुर स्थित खैलमैदानमा आयोजित  राष्ट्रिय  भजन प्रतियोगितामा देवघाटधाममा रहेक...