तनहँुको भैरवीदेवी मन्दिरमा आजबाट महायज्ञ शुरु ः भानुनगर प्रमुख त्रिपाठीले उद्घाटन गर्नुहुने
OmkarKhabar
तनहँु , २,फागुन । ऐतिहासिक भूमि तनहुँको जिल्लाको भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा आजबाट श्रीमद्भागवत महायज्ञ शुरु हुदैछ ।महायज्ञ मुल आयोजक समिति वाह्विसे भैरवीमन्दिर को आयोजनामा हुने यस महायज्ञको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले समुद्घाटन गर्नुहुने आयोजकले जनाएको छ । प्राचिन वाह्विसे भैरवीमन्दिरको जिणोद्धार का साथै देवघाटधाम स्थित रामजानकी बालिका आश्रमको सहयोगार्थ गरिन लागिएको महायज्ञको सम्पुर्ण तयारी सकिएको मुल समारोह समितिका संयोजक राम बहादुर अधिकारीले जानकारी गराउनु भयो । महायज्ञको प्रमुख वाचक देवघााटधाम स्थित रामजानकी बालिका आश्रममा नै रहनुहुने चर्चित भागवतवाचक उमामहेश्वरी प्रमुख वाचक रहनुभएको छ । नवलपुर गैडाकोट स्थित कालिका विद्यापिठबाट शास्त्री तह उतिर्ण गर्नुभएको उहाँले यस अघि देशका विभिन्न ठाउँमा भागवत वाचन गरिसक्नुभएको छ । उहाँले विविएस शिक्षा समेत उतिर्ण गर्नुभएको छ । उपवाचकमा भने आश्रमकै शास्त्री तहमा नै अध्यनरत सुनीता बटाला , तुलसा र वैण्णवी लोककल्याणी हुनुहुन्छ । महायज्ञको उद्घाटन अगाडी कलश यात्रा समेत निकालिन लागिएको महायञ प्रचारप्रसार समितिका संयोजक नगेन्द्र थापा जानकारी गराउनु भयो ।संयोजक थापाका अनुसार महायज्ञ सम्पन्न गर्नका लागि १५१ मूल समारोह र ११ उपसमिती समेत गठन गरिएको छ । आदीकवि भानुभक्त को जन्मस्थान चुदी रम्घा कै सानिध्यमा गरिन लागिएको महायज्ञले स्थानीय सारहै उत्साहित हुनुभएके महायज्ञका मूलसमारोह समितिका उपसंयोजक रामेश्वर खनालले बताउनु भयो । बालिकाहरुले वाचन गर्ने यस महायज्ञले चुदी रम्घा क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने , आध्यात्मिक जागरण टेवा पुग्ने आयोजकको ठम्माइृ छ ।
प्रतिकृया दिनुहोस