देवलहाट बन्दैछ प्रमुख हिन्दू धार्मिक–पर्यटन गन्तव्य



बैतडी। दशरथचन्द नगरपालिका–४ स्थित पवित्र देवस्थल देवलहाट पछिल्ला वर्षहरूमा हिन्दू धर्मावलम्बीहरूको प्रमुख आस्था–केन्द्रका रूपमा तीव्र रूपमा विकसित भइरहेको छ। नगर केन्द्रबाट करिब ३ किलोमिटर दूरीमा रहेको यो क्षेत्र शक्तिपीठहरूको घनत्व, प्राचीन धार्मिक इतिहास र प्राकृतिक सौन्दर्यका कारण आन्तरिक तथा बाह्य तीर्थयात्रीहरूको पहिलो रोजाइ बन्दै गएको स्थानीयवासी बताउँछन्।

यहाँ रहेका कृल्लेकोट दरबार पञ्चदेव शिवधाम–सप्तदेवल, शिवकुण्ड, कालभैरव, सहस्त्रलिङ्ग, मालिका, दुर्गाभगवती, बामुनी आमा मन्दिर, बडबाबा (पिजस बुबु) र लटैनाथ बाबा जस्ता शक्तिपीठहरू दैनिक रूपमा भक्तजनको ठूलो भीडले भरिने गर्दछन्।

विशेषगरी शिवकुण्डमा पवित्र स्नान तथा सप्तदेवल क्षेत्रमा दर्शन गर्न आउने भक्तहरूको संख्या वर्षेनि बढिरहेको छ। हिन्दू श्रद्धा, इतिहास र पुराणमा वर्णित अनेक मिथकहरू यस क्षेत्रसँग जोडिएकाले यहाँको धार्मिक महत्व झन् बढिरहेको स्था
नीयहरूको भनाइ छ।

यातायात संरचना सुधार भएपछि देवलहाट पुग्ने भक्तजनमा उल्लेखनीय वृद्धि भएको धार्मिक अगुवाहरू बताउँछन्। सदरमुकामदेखि नजिक, सडक सहज तथा साना सवारी साधनले मठ–मन्दिरसम्म सहजै पुगिने सुविधा विकास भएपछि देवलहाटलाई बैतडीको भविष्यको प्रमुख हिन्दू तीर्थ–क्षेत्रका रूपमा हेर्ने गरिएकाे छ।

‘आफ्नो ठाउँ–आफै बनाऔँ’ अभियानमार्फत स्थानीय समुदायले मठ–मन्दिर संरक्षण तथा विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। स्थानीय सरकार, समुदाय र धार्मिक सरोकारवालाबीचको सहकार्यले देवलहाटलाई हिन्दू श्रद्धा, आध्यात्मिकता र प्राकृतिक सौन्दर्यको संगमका रूपमा विश्वसामु प्रस्तुत गर्ने लक्ष्य राखिएको छ।

स्थानीयवासीहरूले सबै भक्तजनलाई देवलहाट भ्रमण गर्न आग्रह गर्दै भने, *“यहाँ आस्था, इतिहास र प्रकृति एउटै स्थानमा अनुभव गर्न पाइन्छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय