आज मोक्षदा एकादशी , गीता जयन्ती पर्व मनाइदै

काठमाडौं । वैदिक सनातन धर्मको मुख्य धार्मिक ग्रन्थ गीता रचना भएको दिनको स्मरणमा आज सोमवार  गीता जयन्ती मनाइँदैछ ।मङ्सिर शुक्ल पक्षको मोक्षदा एकादशी दिन  गीता जयन्ती पर्व पर्दछ ।   महाभारत युद्धको समयमा विष्णुका आठौं अवतारको रुपमा रहेका श्रीकृष्णले अर्जुनमार्फत कुरुक्षेत्रमा दिएको संग्रहित ज्ञानलाई श्रीमद् भागवत गीताको रुपमा चिनिन्छ ।

यसमा मान्छेलाई मुक्तिको लागि कर्मयोग, ज्ञान योग र भक्तियोगको बाटो देखाइएको छ । अहिले पनि व्यावहारिक ज्ञानको संगालोको रुपमा मानिने यो पुस्तक अहिलेसम्म विश्वका ८० वटाभन्दा धेरै भाषामा अनुवाद भइसकेको छ ।केही वर्षदेखि यो महत्वपूर्ण शास्त्र गीता लोप नहोस् भन्नको लागि पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी यही दिन गीता जयन्ती मनाउने गरिन्छ । श्रीमद्भागवत गीता महाभारत युद्धसँग सम्बन्धित छ ।
  महाभारत युद्धमा अर्जुनले आजकै दिन भगवान् श्रीकृष्णबाट गीताको उपदेश पाउनु भएको विश्वास गरिन्छ । मानवताको परिभाषालाई पुनर्व्याख्या गरेको गीताको उपदेश अर्जुनले पाएकाले यो दिनलाई गीता जयन्तीका रूपमा पनि लिने गरिन्छ ।






प्रतिकृया दिनुहोस

साताको लोकपृय